मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

टिपीएसबाट नेपाल जाँदा समयमै अमेरिका फर्की सक्नुपर्छ : बासु फुलारा, बिजिनेस इमिग्रेसन एटर्नी

टिपीएसबाट नेपाल जाँदा समयमै अमेरिका फर्की सक्नुपर्छ : बासु फुलारा, बिजिनेस इमिग्रेसन एटर्नी


बासु फुलारा अमेरिकामा नाम चलेका नेपाली कानुन व्यबसायी हुन् । अध्ययनको सिलसिलामा अमेरिका पसेका फुलारा निकै कडा मेहनतले संसारकै फाइनान्सियल क्यापिटलका रूपमा परिचित न्यूयोर्कमा स्थापित भएका छन् । उनी केसकै सिलसिलामा हरेक साता अमेरिकामा बिभिन्न राज्यहरूमा पुगिरहन्छन्। यस पटक केशकै सिलसिलामा टेक्सस भ्रमणमा थिए फुलारा । यही अवसर छोपेर हिमालय खबरले उनीसँग नेपालीका निम्ति अमेरिकी सरकारले दिएको टिपिएस सुविधाका बारेमा लामो कुराकानी गरेको थियो ।
 
प्रस्तुत छ, न्यूयोर्कका चर्चीत नेपाली मुलका कानून व्यबसायी फुलारा र हिमालय खबरका लागि विकासराज न्यैपानेले गरेको कुराकानीका प्रमुख अंशहरू ।
 
अहिलेसम्म कति नेपालीको ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टिपिएस्) स्विकृत भएको जानकारी छ तपाईसँग ?
 
– मेरो जानकारीमा रहेसम्म लगभग आधाभन्दा बढी केसहरुलाई अमेरिकी सरकारले निर्णय गरिसकेको छ । त्यसमध्य आधाजति चाँही प्राविधिक कारणले स्विकृत हुन बाँकी छन् । कतिपय केसहरु  स्विकृती भइसकेका छन् । अस्विकृत भएकाहरुको मध्यपनि सोधीखोजी गर्दा अहिलेपनि सरकारी निकायले निर्णयहुने क्रममा छ भनेका छन् । केही ढिला भएको छ । केही आवेदनहरु ३५ दिनमा पनि स्विकृत भएका पनि थिए।  किनकी अमेरिकी सरकारका निकायमा इमिग्रेसन केशहरुको चापले यस्तो भएको हुनसक्छ । टिपिएसको निर्णय अहिले ‘रेन्डम’ आधारमा भैरहेको पनि देखिएको छ । 
 
टिपिएसको समयावधि बढ्ला कि नबढ्ला ? धेरै नेपालीहरुमा यो विषयमा पनि अन्यौलता देखिन्छ नि ?
 
– केही नेपालीहरुमा के भ्रम देखिन्छ भने–‘हाम्रो टिपिएस आवेदनको निर्णय अझै भएको छैन । त्यसो हुँदा समयावधि बढ्दैन ।’ तर यो होइन । अहिलेपनि अमेरिकी सरकारबाट टिपिएस सुविधा प्राप्त देशहरुको अवस्था हेर्दा सबैलाई म्याद थप्दै लगेको अवस्था छ । भरखरैमात्र  मे १६, २०१६ मा अमेरिकी सरकारले एउटा सूचना प्रकासित गरि जुलाई ६, २०१६ देखि जनवरी ५, २०१८ सम्म थप १८ महिनाका लागि होंडुरसका लागि दिइएको टिपिएस सुविधाको म्याद थपिएको छ । यस आधारमा नेपाललाई पनि थपहुने आधारहरु बढी नै देखिन्छ । किनकी नेपालको पुनर्निमाण प्रकृया एकाध वर्षमा सकिने अवस्था छैन । त्यसो हुँदा यो आधारमा पनि नेपालले प्राप्त गरेको यो सुविधाको अवधि विस्तार हुने संभावना प्रवल छ । 
 
टिपिएस प्राप्त  गरेको वा टिपीएसको निबेदन पेंडीङ् भएको बेला ट्राभल स्वीकृति लिएर नेपाल जाँदा कुनै कारण देखाउनु पर्छ कि पर्दैन ?
 
– टिपिएस को परोल फर्म (आइ-१३१ फर्मभर्दा) बाहिर जानु पर्ने  कारण देखाउनु पर्छ। टिपीएस भनेको भुकम्पले नेपालमा पुरयाएको मानबिय छ्यति लाइ केहि भए पनि कम गर्न र नेपालीलाइ उद्दार गर्न  मानवीय हिसाबले अमेरिकी सरकारले नेपालीको निम्ति दिएको सुविधा हो । टिपीएस भनेको अमेरिकामा बस्दा टिपीएस प्राप्त गर्ने आधार भएका नेपालीहरुले टेम्पोररि बसेर काम गर्न पाउने र नेपालमा भएका पीडित परिवारहरुलाई केहि हदसम्म भए पनि अमेरिकामा रहेका आफन्तहरुले सहयोग गर्न सकून भनेर अमेरिकाले  मानवीय हिसाबले दिएको सुविधा हो । भुकम्पले गर्दा अमेरिकामा रहेका धेरै नेपालीका परिवारको निधन भएको छ, धेरैका परिवारका सदस्यहरु घाइते हुनुहुन्छ । घर ध्वँस्त भएको छ । परिवारका सदस्यहरु घाइते छन् । तसर्थ टिपिएसको  मुख्य उदेश्य भनेको नेपाली लाइ सहयोग गर्ने र अमेरिकामा बसेका कागजबिहिन योग्य नेपालीलाइ काम गर्न दिएर नेपालमा रहेका पिडित परिवारलाइ राहत दिने हो।
 
टिपीएसको ट्राभल स्वीकृति लिनुपर्ने अवस्था छ भने  ट्रयाभलको उदेश्य ‘रिल्याक्स’ गर्ने र घुमघाम गर्ने नभएर भुकम्पबाट पीडित परिवारका सदस्यलाई भेट्न जानको लागि वा अरु कुनै मानबिय उद्दारमा आधारित रिजनहरु स्पस्टसंग खुलायर टिपिएसको परोलको निबेदन दिनु पर्छ र परोल (आइ-१३१ फर्म) निबेदन स्वीकृति भएपछी मात्र नेपाल जानु पर्छ । ज्ञात रहोस, टिपिएसको निबेदन (फर्म आइ-८२१) र टिपिएस परोल (फर्म आइ-१३१) छुटा छुट्टै फर्म हरु हुन। टिपिएसको निबेदन (फर्म आइ-८२१) स्वीकृति भएको अवस्था छ वा पेण्डिङ  छ तर परोल स्वीकृति भएको अवस्थाछ भनेमात्र नेपाल जान सकिन्छ तर परोल स्वीकृति नलिएर टिपिएस निबेदन वा टिपिएस स्वीकृतिको भरमा मात्र  नेपाल गएको खण्डमा अरु आधारहरु नभई अमेरिकामा फर्किन पाउदैन र भएको टिपिएसको सुबिधा पनि समाप्ति हुन सक्छ ।
 
भुकम्पबाट पीडित परिवारका सदस्यलाई भेट्न जानको लागि टिपीएसको ट्रयाभलको निश्चित समय आफुलाई सुरुमा एकिन छैन भने फर्मभर्दा ख्याल गर्नुपर्ने कुरा के हो भने ‘मल्टीपल इन्ट्री’ राख्नुपर्छ । यो नराख्दा धेरैको समस्या भएको छ । प–रोलको ‘डेट एक्सपाएर’ नभएको मितिसम्म आवत जावत गर्न पाइन्छ । तर समयमै आइसक्नुपर्छ । अर्को कुरा, बोर्डरका अधिकारीहरुले सोध्ने प्रश्नको विषयमा पनि अलिकति जिज्ञासा भन्ने कि चिन्ता भन्ने यो व्याप्त छ । तर अहिलेसम्म जेजति यो सुविधामा नेपाल गएका छन् मेरो जानकारीमा आएसम्म ती सबै अमेरिका आइसकेका छन् । कसैलाई ५ मिनेटमात्र सोध्न सक्छन्, कसैलाई १० मिनेट । जाने मान्छेको रेकर्ड देखिएन भने समय लगाउन सक्छ ।  
 
तर असाइलम फाइल गरेको छ भने  टिपीएस परोल लियर नेपाल जादा समस्या आउने र असाइलमको केसमा पनि समस्या हुने  सम्भावना रहन्छ। त्यसभन्दा बाहेक अरु अवस्थामा सामान्यतया नेपाल जान र आउन अप्ठेरो पर्दैन । तर नेपाल ट्रयाभल गर्दा सम्बन्धित एटर्नीलाइ सोधेर आफ्नो परिस्थिति, अमेरिकाको बसाई र केसको प्रकृतिको बारेमा छलफल गरेर ट्रयाभल को निर्णय लिदा फाएदा हुन्छ।
 
टिपिएसको नवीकरणको प्रकृया चाँहि के हो ?
 
– सबैभन्दा पहिले त अमेरिकी सरकारले नवीकरणको सूचना गर्नुप¥यो । त्यसपछि युएससिआएसको होमपेजमा पनि आउँछ । फेरि आवेदन गर्नुपर्छ । अर्थात जतिपटक नवीकरणको सूचना आउँछ त्यतिनै पटक आफुलाई सहभागी गराइराख्नुपर्छ । अहिलेको नीति नियमले अटोमेटिक रुपमा नवीकरण हुँदैन । अहिलेकोले डिसेम्बर २४, २०१६ तारिक सम्मलाईमात्र काम गर्छ । नवीकरण गर्न दिएको समयभित्र फेरि आवेदन गर्नुपर्छ । 
 
टिपिएस सुविधा लिएको मान्छे अहिले सम्म नेपालको लागि उपलब्ध गरिएको टिपिएस को सुबिधा मिति  डिसेम्बर २४, २०१६ सम्म नेपालबाट फर्किएन भने के हुन्छ ? 
 
–  डिसेम्बर २४, २०१६ को समय भन्दा पनि टिपीएसको पुरा अबधिभरि अमेरिका भन्दा बाहिर बढीमा ९० दिनसम्म मात्र साधारणतया बस्न पाइन्छ । टिपीएस परोलको मल्टिपल इन्ट्रीको समय डिसेम्बर २४ सम्म राखिदाखेरि पनि टिपीएस भयको व्यक्तिले एकचोटी नेपाल जादा वा पटक पटक नेपाल जादाको पुरा समय ९० दिनलाइ सिमित राख्दा राम्रो हुन्छ । तसर्थ परोल सुविधा लिएर गएपछि ९० दिनभन्दा पहिलेनै अमेरिका आइसक्नुपर्छ । 
 
कस्तो खालका नेपालीले बढीमात्रामा टिपिएसको लागि आवेदन दिएका छन् ? 
 
– धेरै खालका नेपालीहरु छन् । जस्तो कि, विद्यार्थीले पनि आवेदन दिएका छन् । ‘एसाइलम’ आवेदन गरेर पेण्डिङ भएकाले पनि दिएका छन् । बोर्डर क्रस गरेर आएका, भिजिट भिसामा आएकादेखि लिएर भिसाको म्याद सकिएकाले पनि आवेदन गरेका छन् । बोर्डरसम्म अर्काको पासपोर्टमा आएर यता आउनेले पनि आवेदन दिएका छन् । अर्काको पासपोर्ट प्रयोग गरेर आएपनि मेरो नाम यो हो, मलाई मानवीय आधारमा सुविधा देऊ भन्दै आवेदन दिनेहरु पनि हुन्छन् । अत्यधिक संख्यामा विद्यार्थीले आवेदन दिएका छन् ।
 
वर्किङ भिसामा भएकाहरुले पनि सुरक्षित हुनका लागि समेत टिपिएस आवेदन गरेका छन् । किनकी ‘हायर एण्ड फायर’ बाट टिपिएस ले कानुनी रुपमा अमेरिकामा टेम्पोररि भएपनि अमेरिकामा आउट अफ स्टाटस हुनसक्ने सम्भावना बाट सुरक्षित हुन यसले निकैनै सहयोग गर्छ । बोर्ड अफ इमिग्रेसनबाट बाट समेतएसाइलम’ केस हारेर बसेकाहरुले पनि टिपिएस हालेका छन् । सबैभन्दा अन्तिम अदालतबाट एसाइलम  मुद्धा हारेर विकल्प विहिन अवस्थाका नेपालीदेखि लिएर कुनै डकुमेन्टबिना सिमानबाट प्रवेश गरेकाहरुले समेत टिपिएस हालेका छन् ।
 
नेपाल गएर पनि आएका छन् । बोर्डरमा जाँच नगरि इन्ट्री गरेका व्यक्तिहरुले सामन्यतया यहाँको नागरिकसँग बिहे गरेपनि ग्रीनकार्ड पाउन सक्दैनन् । तर त्यस्ता नेपालीहरु टिपिएस आवेदन गरेर नेपाल जाने अनि फर्केर आएर अमेरिकी नागरिकसँग बिहे गरेमा ग्रीनकार्ड पाउनसक्छन् । एउटा फाइदा यो पनि भएको छ । 
 
यस पटक टिपिएस प्राप्त गरेकाले नवीकरणको लागि योग्य नहुने संभावना कत्तिको हन्छ ?
 
–अपराधिक कृयाकलापमा संलग्न रहेर गम्भीर फेलोनीमा परेको व्यक्ति;  २ वा २ भन्दा बढी अपराधिक कृयाकलापमा सजाए पाएको व्यक्ति; एसाइलम को बारमा परेको व्यक्ति वा ; र आतंककारी क्रियाकलापमा सलग्नभएको व्यक्ति बाहेक अन्य अरु व्यक्तिले सामान्यतया  टिपीएस पाउने संभावना हुन्छ । अहिलेपनि आवेदन गरेकाहरुको अधिकांशको स्विकृत भइरहेको छ । भविष्यमा पनि अमेरिकाको कानुनलाई पालना गरेर काम गर्दा टिपिएसको म्याद थपिएको अवस्थासम्म नवीकरण नहुने संभावना सामान्यतया रहँदैन ।  
 
एफवान (विद्यार्थी) भिसा पनि छ, टिपिएस पनि छ। नेपाल जान पर्यो भने कुन स्टाटसमा जादा राम्रो हुन्छ ?
 
एफ-१ र टिपिएस भएको विधार्थीहरुले नेपाल गएर कुन स्टाटसमा फर्किने भन्ने कुरा विधार्थीको अमेरिका बसाई, बसाईको उदेश्य, आबस्यकता र समयाबधिसँग सम्बन्धित हुने भएकोले आफ्नो स्टाटसको मुल्यांकन गरेर स्वत निर्णय गर्ने कुरा हो । तर, टिपीएस को निरन्तरता जरुरी छ भने परोल नलिएर नेपाल गएको खण्डमा टिपीएस स्टाटस नरहने सम्भावना धेरै रहन्छ। 
 
(बासु फुलारा नेपाली- अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यस अन्तर्वार्तामा व्यक्त बिचारहरु पाठकका जानकारीका लागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धि उपचारकालागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको इमेल: [email protected] मा सम्पर्क राख्न सक्नु हुनेछ –सम्पादक)।