मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भुवनको सिको गर्दै सुष्मिता पनि फिल्म निर्माणमा, आयो ट्रेलर

भुवनको सिको गर्दै सुष्मिता पनि फिल्म निर्माणमा, आयो ट्रेलर


अभिनेता भुवन केसीको सिको गर्दै उनकी पूर्व श्रीमति सुष्मिता बमजन पनि फिल्म निर्माणमा ओर्लिएकी छिन् । उनको अभिनयसँगै निर्माण समेत गरेको फिल्म ‘म त तिम्रै हुँ’को सोमबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । निर्मातामा उनले छोरा अनमोलको नाम राखेपनि अनमोल यसमा लाइन प्रोड्युसर मात्र हुन् ।
 
सोमबार काठमाडौंको क्युज सिनेमा हलमा आयोजित कार्यक्रममा सुष्मिता केसीले फिल्म युवा दर्शक लक्षित रहेको बताइन् ।
 
फिल्मलाई श्रीराम महतले निर्देशन गरेका हुन् । डकुमेन्ट्री र छोटा फिल्मको अनुभवलाई उनले ठूलो पर्दामा बिस्तार गरेका हुन् । उनले फिल्मले अहिलेको पुस्ताको दैनिकीलाई प्रतिबिम्बित गर्ने बताए ।
 
फिल्ममा सुष्मिता बाहेक अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट आकाश श्रेष्ठ र ज्योत्स्ना योगीले रजतपटको यात्रा थालेका हुन् । ट्रेलरले रोमान्स र आँशुको मिश्रणलाई प्रस्तुत गरेको छ ।
 
कृष्ण आचार्यको लेखन रहेको फिल्ममा हरकुलिश बस्नेतको संगीत रहेको छ । फिल्ममा बालनरसिंह राणा, विश्व बस्नेतको पनि अभिनय रहेको छ ।
फिल्मले आमा छोराको सम्बन्धको कथा पेश गर्छ । फिल्म साउन १० गते प्रदर्शन हुनेछ ।