मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

यस्तो छ ‘लुकामारी’ लुक्स

यस्तो छ ‘लुकामारी’ लुक्स


काठमाडौँ- असार १० गर्दैबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लुकामारी’ यसको लुक्सकै कारण चर्चामा छ । नाकाबन्दीले उपभोक्ताले ग्याँसको चर्को अभाव झेलिरहेका बेला ग्याँस बोकेको सौगातको फोटो प्रयोग गर्दै फस्ट लुक सार्वजनिक गरेको निर्माण समूहले फिल्म समसामयिक विषयमा बनेको संकेत गरेको थियो । त्यसयता सर्वाजनिक टिजर तथा ट्रेलरले पनि फिल्मको सोही विषयलाई निरन्तरता दिएका छन् ।
 
फिल्ममा थिएटरका दुई माझिएका कलाकारको उपस्थितिका कारण पनि फिल्मलाई खास दर्शकले पर्खिरहेका छन् । फिल्ममा सौगात मल्ल र कर्मालाई देख्न सकिन्छ । त्यसैगरी फिल्ममा जेबी डिसी, बिक्रम सिंह थारु पनि छन् जो थिएटरबाटै आएका हुन् । फिल्ममा सुरबिना कार्की र रिस्ता बस्नेतले दुवैको ‘लव इन्टरेस्ट’को भूमिका निर्वाह गरेका छन् । फिल्मलाई श्रीराम दाहालले निर्देशन गरेका छन् । हेरौं तस्विरमा ‘लुकामारी’ लुक्स ।