मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

फेरि ‘हिरो’मा रेखा

फेरि ‘हिरो’मा रेखा


काठमाडौँ- नायिका रेखा थापाले नरेश पौडेल निर्देशित ‘हिरो’ बाट नेपाली चलचित्र डेब्यु गरेकी  थिईन् । सन् २००१मा बनेको फिल्मले व्यापारमा कुनै कमाल नदेखाए पनि रेखाको करिअर भने यही फिल्मले दौडाएको थियो ।
 
१५ वर्ष पछि सोही शीर्षकमा फिल्म बन्ने भएको छ । अभिनेता सविन श्रेष्ठले साही नाममा रिटन्र्स थप्दै फिल्म बनाउने भएका हुन् । ‘हिरो रिटन्र्स’ नाममा बन्न लागेको फिल्ममा रेखा खेल्न राजी भएको निर्माण पक्षले दाबी गरेको छ ।
 
रेखाले केही साल यता आफ्नो ब्यानरका फिल्ममा मात्र अभिनय गर्दै आएकी थिइन् । यो साल भने उनले ब्यानर बाहिरका फिल्ममा पनि अभिनय थालेकी छिन् । जसमध्ये रेखाले खेल्न स्विकृति दिईसकेको फिल्म‘पलाँस’को पहिलो सेड्युल रेखाले सुटिङ गरिसकेकी छिन् भने छुल्ठिम गुरुङले निर्माण गर्न लागेको फिल्म ‘डायरी’मा पनि खेल्ने मनस्थिति बनाएकी छिन् । 
 
‘हिरो रिटन्र्स’लाई चन्द्र गौतमले निर्माण गर्नेछन् । फिल्मलाई समिर मियाले निर्देशन गर्ने चर्चा भएको भएपनि निर्माता गौतमले निर्देशक फाइनल नभएको बताए ।