मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘ड्रिम्स’ पाइरेसीमा हाइलाइट्सको हात, भूवनले मागे लाखौको क्षतीपूर्ती

‘ड्रिम्स’ पाइरेसीमा हाइलाइट्सको हात, भूवनले मागे लाखौको क्षतीपूर्ती


हिमालयखबर संबाददाता- 
काठमाडौँ (नेपाल ) I ‘ड्रिम्स’ पाईरेसीमा हाइलाइट नेपालकै कर्मचारीको संलग्नता रहेको पाईएको छ । बुधबार टेकुस्थित अपराध अनुसन्धान शाखाले पाइरेसीमा हाइलाइटमै काम गर्ने कर्मचारी संलग्न रहेको सार्वजनिक गरेको हो । सो कम्पनीमा काम गर्ने विधान गुरुङ यसका लागि मुख्य दोषी भएको प्रहरीले जनाएको छ । 
 
हाइलाइट त्यही कम्पनी हो जसले ‘ड्रिम्स’को डिजिटल अधिकार खरिद गरेको थियो । ‘ड्रिम्स’ पाईरेसीले आफूलाई १ करोड घाटा लागेको भन्दै निर्माता निर्देशक भुवन केसीले अपराध अनुसन्धान शाखामा निवेदन दिएका थिए । त्यही हाइलाइटले पनि पाइरेसी गर्ने पक्राऊ गरिपाउँ भनी निवेदन दिएको थियो । तर प्रहरीले अन्त्यमा हाइलाइटस्कै कर्मचारीबाट फिल्म पाईरसी भएको रहस्य उद्घाटन गर्यो । 
 
प्रहरीले बुधबार नै पक्राऊ परेका दुई विरुद्व अदालतमा अभियोग दर्ता गरेका निर्माता भुवन केसीले बताए । तर हाइलाइट्स क्षतिपूर्ति दिन तयार भएको पनि उनको भनाई छ ।
 
करोड भन्दा बढी लागतमा बनेको ‘ड्रिम्स’ युरोप, अरब तथा अमेरिकामा चल्न बाँकी रहेको थियो । पछिल्लो समय थुप्रै फिल्म पाइरेसी हुँदा पनि पुलिसले अपराधी समात्न सकेको थिएन । यही साल मात्र ‘बडा नम्बर छ’, ‘कबड्डी कबड्डी’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ पाईरेसीको मारमा परिसकेका छन् ।