मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

दिनमा कति पिउने पानी ?

दिनमा कति पिउने पानी ?


पानी हाम्रो जीवनका लागि अपरिहार्य तत्व हो । पानी र जीवन एक अर्काका पर्याबाची हुन् । हाम्रो शरिरको हरेक कोष र अंग सञ्चालनको लागि पानी नभइ नहुने चीज हो । पर्याप्त पानी पिउँदा दिमागका कोषहरुलाई उचित रुपमा ओसिलो र सक्रीय बनाउँछ तर, श्वासप्रश्वास, पसिना र अन्य बोडी वेस्ट (दिशा पिसाब) मार्फत हामीले निरन्तर पानी फालिरहेका हुन्छौं  । फालेको पानी पूर्ती गर्न पनि यसको आवश्यकता पर्छ । पानी नखाने हो भने शरिरमा सुख्खापन भएर विभिन्न स्वास्थ्य समस्या निम्तिन्छन् । तर, पनि तपाईले लिने पानीको परिणाम तपाईको जीवनशैली, स्वास्थ्य अवस्था, र मौसममा पनि भर पर्छ ।
 
औषत युवालाई पानी
पोषणविज्ञहरुका अनुसार औषत व्यक्तिलाई दैनिक ८ गिलास पानी चाहिन्छ । हामीले सामान्यतया तीन गिलास पानी पिसाबमार्फत् र अन्य दुई गिलास श्वास प्रश्वास तथा पसिनमार्फत खर्च गरेका हुन्छौँ । तसर्थ शरिरबाट गएको पानी पूर्ती गर्न पनि हामीलाई दैनिक सो परिणाममा पानी पिउनु आवश्यक छ । भारतको दी इन्स्टिच्युट अफ मेडिसिनका अनुसार महिलाले दैनिक ९ गिलास र पुरुषले ११ गिलास पानी पिउनुपर्छ ।
 
शारिरिक गतिविधिमा संलग्न हुँदा कति पिउने ?
जब तपाईँ कुनै पनि शारीरिक गतिबिधिमा संलग्न हुनुहुन्छ त्यतिबेला तपाईले पर्याप्त पसिना निकाल्नुुहुन्छ । तसथए तपार्इँको शरिरबाट गएको पानीको क्षतिपूर्ती लिन पनि थप परिणाममा पानी खानुपर्छ । अधिकांश मानिसहरुले शरिरबाट खर्च भइरहेको पानीको पूर्ती जुस लगायतका पेय पर्दाथबाट गर्छन्, तर पानीको तुलनामा यसको प्रभाव न्यून हुन्छ । पानीमा कार्बोहाइडेट र सुगर न्युन तथा पर्याप्त इलेक्ट्रोलाइटयुक्त सबैभन्दा राम्रो र सन्तुलित पदार्थ हो । यदि तपाईँ शारीरिक गतिबिधिमा संलग्न हुनुुहुन्छ वा खेल खेल्नुभएको छ भने तपाईलाई कम्तिमा थप दुई गिलास पानीको आवश्यकता पर्छ तर एक घन्टाबढी तीब्र गतिको शारीरिक गतिबिधि गर्दै हुनुहुन्छ भने तपाईँले थप ४ देखि ५ गिलास पानी पिउनुपर्छ ।
 
बिरामी पर्दा कति पिउने पानी ?
ज्वरो र वान्ता आउँदा जति सक्दो बढी पानी वा अन्य तरल पदार्थहरु जस्तै जुस, कोकोनट पानी र रसिलो फलफुल खानुपर्छ । वान्ता गर्दा पानीको मात्रा धैरै खर्चिएको हुनाले बढी भन्दा पानी खानुपर्ने विज्ञहरु बताउँछन् । त्यस्तै, ज्वरोको समयमा शरीर सुख्खा हुने भएकोले पनि अत्यधिक पानी पिउनुपर्ने विज्ञहरुको भनाई छ । पखाला लागेको अवस्थामा भने जति पटक पखाला लाग्छ त्यति नै पटक थप एक लिटर पानी पिउनु पर्छ ।
 
तौल घटाउँदा कति लिने पानी ?
मोटा मानिसलाई पानी खानु विशेष महत्व छ । क्यालोरीबिहिन पानी जति पिए पनि मोटा मानिहरुलाई असर गर्दैन । पानीले भोक नियन्त्रण गर्न र तौल घटाउन सहयोगी सिद्ध भएको छ । खाना खानुभन्दा आधा घन्टाअघि पानी पिउनुुभयो भने तपाईले न्यून क्यालोरी खाने सम्भावना हुन्छ । विज्ञहरुका अनुसार तौल घटाउन चाहने हरेक मानिसले दिनमा १२ देखि १३ गिलाससम्म पानी पिउनुपर्छ । पर्याप्त पानीले शरिरको उत्तेजित विषालु पर्दाथलाई अन्त्य गर्ने र मेटाबोलिजम पक्रियालाई तीब्र पार्न सहयोग पुर्याउँछ र मोटा मानिसको तौल घटाउन सहयोग पुग्छ ।
 
मौसम अनुसार पानीको आवश्यकता
तपाईँ गर्मी र आद्र मौसममा हुनुहुन्छ भने शरिरमा बढी पसिना आउछ। पसिना बढी आउनु भनेको बढी मात्रामा शरिरबाट पानीको मात्रा बाहिर निस्काशन भएको हो । उच्च धरातल वा चिसो वातावरणमा हुनुहुन्छ बारम्बार पिसाब आउन, छिटो छिटो श्वास प्रश्वास हुन्छ र तपाईले संचित गरेको तरल पर्दाथको उपयोग हुन्छ । मौसम र सूर्यको प्रकाशमा एक्सपोज भए अनुसार तपाईँलाई थप ४ देखि ६ गिलास थप पानी पिउनुपर्छ ।
 
गर्भवती र दुध चुसाउने महिलालाई झन्डै दोब्बर आवश्यक
गर्भवती महिला र दुध चुसाउने महिलाले थप परिणाममा पानी पिउनुपर्छ । शरिर ओसिलो, पूर्ण रुपमा स्वास्थ्य र शारीरिक रुपमा तन्दुरुस्त राख्नका लागि उनीहरुले पर्याप्त पानी पिउनुपर्छ । गर्भवती वा दुध चुसाउने महिलाका लागि पानीको आवश्यकता औसत महिलालाई भन्दा झन्डै दोब्बर हुन्छ । भ्रुणको उचित विकास, रगत (ब्लड प्लास्मा)को वृद्धिलाई सहयोग पुयाउन र दुधको मात्र बढाउन पनि पानीको मात्रा अत्यधिक पिउनुपर्छ ।  गर्भवती महिलाले थप ३ सय देखि ५ सय मिलिलिटर पानी अर्थात २ देखि ३ लिटर थप पानी पिउनुपर्छ । त्यस्तै दुध चुसाउने महिलाले भने कम्तिमा थप ३ लिटर दैनिक पानी पिउनुपर्छ ।
 
पानी पिउँदा पु¥याउनुहोस्  ध्यान
 
तपाईँको आवश्यकता
पानी पिउनुको अर्थ जतिबेला पनि अर्थात् आफ्नो शरिरलाई आवश्यकता नहँुदा पनि पिउने होइन । आवश्यकता भन्दा बढी पानी पिइयो भने यसले शरिरमा अनावश्यक रोग निम्त्याउन सक्छ । तपाईँको शरिरलाई कति पानी चाहिने हो त्यो बिचार गर्नुहोस् । किनकि सबै जना ९ गिलास पानीको निययममा बाँधिन जरुरी छैन । तपाईको तौल, वातावरण, शारीरिक गतिबिधि तपाईको अवस्था आदिले तपाईलाई कति पानी पिउने भन्ने निर्धारण गर्छ । तसर्थ सबैभन्दा पहिला तपाइलाई कति पानी आवश्यक पर्छ त्यसको हेक्का राखेर मात्र पानी पिउनुहोस 
 
बिस्तारै पिउनुहोस्
पानी पिउदा जहिले पनि बिस्तारै बिस्तारै पिउनुहोस् । भैसी वा उटले झै  एकैचोटी धेरै परिणाममा पानी नपिउनुहोस । एकैचोटी धेरै पानी पिउदा शरिरले धान्न पनि सक्दैन र त्यसबाट फाइदा भन्दा हानी हुन्छ । अत्यधिक पानी भयो भने किड्नीले बढी काम गर्नुपर्ने हुन्छ । तसर्थ एकैचोटी दुई तीन गिलास पानी पिउनुको सट्टा १०÷ १५ मिनेटमा सिरिप सिरिप पानी पिउनुहोस । बिस्तारै निरन्तर पानी पिउनुभयो भने शरिरलाई निरन्तर डिहाइड्रेड हुनबाट जोगाउछ ।
 
आफ्नो अगाडि पानी राख्नुहोस्
पानीलाई जहिले पनि आफू वसेको ठाँउ वरिपरि राख्नुहोस । कार्यलयमा काम गर्दै हुनुहुन्छ भने डेस्कमा बोटल राख्नुहोस । यात्रा गर्दा वा  हिड्दा सँगसँगै पानी लिएर हिड्नुहोस । पानीलाई आफ्नो साथमा राख्नुभयो भने तपाई बारम्बार पिउन बिर्सनुहुन्न ।
 
फलफुलबाट पनि पानी लिनुहोस्
स्याउ, अनार, नासपति, अंगुर, उखु, मेवा, खरबुजा, तरबुजा लगायतका फलफुलहरुबाट पनि पर्याप्त मात्रामा पानी लिन सकिन्छ । त्यसो त प्राय फलफुलमा पानीको मात्रा अत्यधिक हुने भएकोले डिहाइडे«सनबाट बच्न तथा क्षणिक पानीको अभावमा पनि फलफुल लिएर पानीको पूर्ती गर्न सकिन्छ ।
 
व्यायम गर्दा थप पानी पिउनुहोस्
शारीरिक व्यायम गर्दा अत्यधिक पसिना आउने भएकोले थप पानीको मात्रा पिउनुपर्छ ताकी शरिर डिहाइड्रेड नहोस । व्यायमको बिच बिचमा थोरै थोरै पानी पिउनुहोस् ।