मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस नेपाल अस्मीलाई गृहनगरमा सम्मान

मिस नेपाल अस्मीलाई गृहनगरमा सम्मान


चितवन । मिस नेपाल अस्मी श्रेष्ठलाई रत्ननगरमा सम्मान गरिएको छ । आफ्नै गृहनगरमा मिस नेपाल भए पनि पहिलो औपचारिक कार्यक्रममा उनलाई यहाँका २९ वटा संघसंस्थाले संयुक्त रुपमा सम्मान गरेको हो । 
 
महिला आरक्षण चाहिँदैन भनेर दरिलो तर्कका साथ मिस नेपाल बनेकी चितवन रत्ननगरकी २२ वर्षीय युवती अस्मी श्रेष्ठले नेपाललाई विश्व सामु चिनाउन आफूले पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाएकी छिन् । 
 
उनले भनिन्, ‘नेपालको विविधता, मौलिकता र सुन्दरतालाई म विश्वसामु चिनाउने प्रयास गर्छु ।’ रत्ननगरका विभिन्न २९ वटा संघसंस्थाले गरेको संयुक्त सम्मान कार्यक्रममा बोल्दै उनले नेपाल र त्यसपछि पर्यटकीय नगरी चितवनलाई विश्वमा चिनाउन भूमिका खेल्ने उद्घोष गरिन् । 
 
स्थानीय निरज श्रेष्ठले संयोजनमा रत्ननगर नगरपालिकासहित रत्ननगर र सौराहामा रहेका लायन्स, जेसीज, लियो, रोट्राक्ट, रेवान, ह्यानलगायत २९ वटा संस्थाले उनलाई औपचारिक कार्यक्रम गरी सम्मान गरेको थियो । 
 
सम्मान सुरू हुनुअघि रत्ननगरको टाँडी बजारमा उनकै घरबाट ¥यालीसहित स्थानीयले स्वागत गरेका थिए । मिसनेपाल श्रेष्ठ रत्ननगर नगरपालिका वडा नम्बर–२ स्थित सिनेमा रोड निवासी हुन् । अस्मी बुबा चिरन श्रेष्ठ र आमा ज्योति श्रेष्ठकी दुई छोरी मध्येकी कान्छी हुन् । उनी बीबीए पढ्दै छिन् । 
 
यसअघि उनले फेस अफ क्लासिक डायमन्ड २०१४ को उपाधि जितेकी थिइन् भने नेटबल खेलाडी भएर आठौं एसिएन च्याम्पिएनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । 
 
निर्णायकले सोधेको ‘महिला आरक्षण दिनुपर्छ, पर्दैन र केही समयलाई दिनुपर्छ रु, भन्ने प्रश्नमा उनले, ‘महिला आरक्षण चाहिदैन किनभने २१ औं शताब्दीमा हामीले पहिलो महिला राष्ट्रपति र ३ सिएनएन हिरो पाइसकेका छौं भन्ने जवाफ दिएर उनी मिस नेपाल २०१६ घोषित भएकी थिइन् । 
 
रत्ननगरमा भएको सम्मानका क्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न सुझाव दिए । 
 
लोकगायक मिलन लामाले विश्वको कुनै पनि कुनामा जाँदा ‘भिजिट नेपाल’ भन्न नभुल्न आग्रह गरे । उनले भूकम्प र नाकाबन्दीबाट गुज्रिएको नेपाललाई सुरक्षित राख्न युवाशक्तिको भूमिका महत्वपूर्ण हुने उद्घोषसमेत गरिन् । 
 
सम्मान कार्यक्रममा उनका बुवा चिरन र आमा ज्योतिले उनको चाहनालाई पूरा गर्न हरसमय सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘महिला र बालबालिका क्षेत्रमा केही गर्ने उसको ईच्छा छ, त्यो इच्छा मर्न दिइने छैन । 
 
मिस वल्र्डमा जानका लागि पनि सोही विषयमा केन्द्रित नारा लिएर जाने तयारीमा रहेको उनीहरुले जानकारी दिए । स्थानीय कृष्णलाल श्रेष्ठले आफ्नै चेली मिस नेपाल हुन सफल भएकोमा खुसी व्यक्त गर्दै रत्ननगरको पर्यटन क्षेत्रको विकासमा उनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्मान कार्यक्रममा स्थानीयहरुको बाक्यो सहभागिता रहेको थियो ।