मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

लोकप्रिय हुँदै घुँडा र नितम्ब प्रत्यारोपण

लोकप्रिय हुँदै घुँडा र नितम्ब प्रत्यारोपण


काठमाडौँ । घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ । यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए । 
 
मीनभवनस्थित  सिभिल अस्पतालमा तीन वर्षदेखि पत्यारोपण  सञ्चालन भइरहेको छ । उनले भने – ‘हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ । यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन् ।’
 
खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । त्यसपछि दो¥याएर पनि  कठिन र जटिल प्रक्रियाबाट संशोधन शल्यक्रिया गर्न मिल्ने डा आरसीको भनाइ छ । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनःसंशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट काम लाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष आँैजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ ।
 
विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने डा आरसीले बताए । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई ‘अर्थोप्लास्टी’ भनिन्छ । डा आरसीका अनुसार अर्थोप्लास्टिकका लागि उमेरको हदबन्दी हुँदैन । सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका भएको उनको भनाइ छ । 
 
उनले भने– ‘अस्पतालमा आउँदा हिँड्नै नसक्ने अवस्थामा रहेका बिरामी प्रत्यारोपणपछि हिँड्न सक्ने भएर घर फर्कने गरेका छन् ।’ प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन । पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उर्फने, धेरै उकालो–ओरालो हिँड्ने, रुख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हँुदैन । 
 
खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । अस्पतालका अनुसार जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यका बाहिरका छन् । तीमध्ये पनि धेरैजसो महिला छन् । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ । रासस