मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अस्ट्रेलियामा इतिहास लेख्दै नाई नभन्नु ल -४

अस्ट्रेलियामा इतिहास लेख्दै नाई नभन्नु ल -४


राजन घिमिरे, सिड्नी ।  भनिन्छ कि चलचित्र बनाउन भन्दा चलाउन मुश्किल । त्यही भएर पनि नेपालमा चलचित्र रिलिजको समयमा चलचित्र निर्माताहरूबीच हानथाप नै हुने गर्छ । सानो कुराले पनि निर्माताहरूबीच फाटो मात्र आउँदैन कि पानी बाराबारको सम्मको अबस्थाको सिर्जना भएका उदाहरणहरू पनि प्रशस्त छन् ।
 
नेपालमा त चलचित्र रिलिज गर्न यस्तो अबस्था छ भने विदेशमा एक शो चलचित्र चलाउनु भनेको फलामको चिउरा चपाउन खोज्नु जस्तै मानिन्छ । अवस्था , समय र परिस्थिति यस्तो हुँदाहुँदै पनि चलचित्र नाई नभन्नु ल -४ ले भने अष्ट्रेलियामा चलचित्र प्रदर्शनको नयां इतिहास लेख्ने  भएको छ ।
 
रिलिज हुनु अगाडि नै आठ वटा शहरमा यो चलचित्र बुक भैसकेको छ । अहिलेसम्म यसरी नेपाली चलचित्र नेपालमा रिलिज अगाडि नै विदेसमा यति धेरै शहरमा  बुक भएको पहिलो पटक हो ।
 
यो चलचित्र नेपालमा रिलिज हुने चैत्र २६ गते नै सिड्नीमा पनि रिलिज हुने छ भने त्यसपछि मेलबर्न ,एडिलेट , बिजबेन ,पर्थ ,डार्बिन , तान्जानिया र क्यान्बेरामा रहेका नेपाली दर्शकहरू माझ आउने जानकारी निर्माता दिनेश पोखरेलले दिए । प्रवासमा पनि नयाँ चलचित्र हेर्न पाउँदा अष्ट्रेलियामा रहेका नेपालीहरू पनि निकै उत्साहित देखिएकोमा निर्माता पोखरेल दंग देखिएका छन् । चलचित्रको पहिलाको १,२ र ३ को सिक्वयलको सफलताकै कारण ४ हेर्न दशर्कहरूको उपस्थिति बाक्लै हुने विश्वास निर्माता पोखरेलको छ ।
 
अष्ट्रेलियामा बसेर निरन्तर रूपमा चलचित्र निर्माण गर्दै अष्ट्रेलिया र नेपालमा रहेका आफ्ना दर्शकहरूलाई नया नयां चलचित्र दिई रहेका पोखरेलले अष्ट्रेलियाकै महँगो सिनेमा हल ईभेन्ट सिनेमा हलमा शुक्रबार चलचित्रको भब्य प्रथम प्रर्दशनी गर्दै छन् ।
 
विकास आचार्यको निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की , पल शाह , बर्षा राउत र बालकलाकार अनुभब रेग्मीको मुख्य भूमिका रहेको छ ।