मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

किन खानै पर्छ फलफूल ?

किन खानै पर्छ फलफूल ?


बढ्दो गर्मीमा मानिसहरु चिसा खाद्यवस्तु र पेयपदार्थ खान रुचाउँछन् । सामान्यतया दही, मही, फलफूल र जुसलाई नै चिसो खाद्य–पदार्थ भन्ने बुझिन्छ । तर अहिले आकर्षक विज्ञापनको नक्कल गर्ने प्रवृत्ति र परिवर्तित जीवनशैली, देखावटी तथा अज्ञानताले शहरी क्षेत्रमा मात्र नभई गाउँमा समेत बट्टा तथा बोतलमा बन्द गरिएका फलफूल,  तयारी जुस र कृत्रिम पेयपदार्थको चलन बढ्दो छ । यस्ता वस्तुहरु खाँदा स्वादिला भएपनि भोक मेटाउने, खानाप्रति रुचि घटाउने र स्वास्थ्यमा नकारात्मक असर पार्ने हुन सक्छन् ।
 
ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हुनाले शिशुको दैनिक खानामा दूधबाहेक ताजा फलफूलको मनतातो रस पनि समावेश गर्नुपर्छ । फलफूलको रस प्रत्यक्ष तताउँदा भिटामिन सी नष्ट हुन सक्छ । त्यसैले तातोपानीको भाडोमा डुबाएर मनतातो पार्नुपर्छ । यसैगरी गर्भवती, सुत्केरी तथा भर्खर बिरामीबाट निको भएको अवस्थामा सागसब्जीको साथसाथै फलफूल दैनिक भोजनमा समावेश गर्नु जरुरी हुन्छ । दैनिक भोजनमा समावेश गरिने २ सय ५० देखि ३ सय ग्राम फलफूल हुनुपर्छ ।
 
गर्भवती अवस्थामा गर्भमा रहेको शिशुकालागि थप पौष्टिक तत्व आवश्यक हुन्छ भने अर्काेतिर हेमोग्लोबिन बन्नकालागि आवश्यक पर्ने खनिज पदार्थ, लौहतत्व शरीरमा शोषण तथा उपयोगकालागि भिटामिन सी आवश्यक हुन्छ । कहिलेकाहिं खानाबाट लौहतत्व प्राप्त भएतापनि शरीरको भिटामिन सीको कमीबाट यस तत्वको राम्ररी शोषण हुन नसकी एनिमिया हुनसक्छ ।
 
भिटामिन ए, इ र बी शाकाहारी खाद्यपदार्थबाहेक अन्य खाद्यवस्तुमा पनि पाइन्छ । जबकि भिटामिन सी फलफूल र सागसब्जीमा मात्र पाइन्छ । रुचीको दृष्टिकोणले हेर्ने हो भने प्रायजसो बालबालिकालाई सागपातभन्दा बढी फलफूल मन पर्ने हुन्छ । सागपात खान नरुचाएमा त्यस्तो स्थितिमा फलफूलबाटै भिटामिन सी पूर्ति गर्नुपर्ने हुन्छ । यसबाहेक सबै फलफूल काँचै खान सकिने हुन्छ । तर सागसब्जी पकाएर खानुपर्ने हुनाले सागसब्जी काटदा, पखाल्दा भिटामिन सी धेरै नष्ट हुनसक्छ ।
 
उखु बाहेक अन्य फलफूलमा कार्बाेहाईडेट नगन्य मात्रामा हुन्छ । फलफूलमा प्रोटिन र चिल्लोपदार्थ हुदैन । त्यसैले कम क्यालोरीको भोजनको योजना गर्दा फलफूल समावेश गर्नुपर्छ । भिटामिन सी बाहेक पँहेलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पनि हुन्छ । फलफूल तथा सागसब्जीमा प्रशस्त एन्डिअक्सिडेन्ट तत्वहरु जस्तै भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम हुनेभएकाले मुटुसम्बन्धी रोगको सम्भावना कम गर्न यी तत्वहरुले मद्दत पु¥याउछन् भन्ने अध्ययनले देखाएको छ  ।
 
एन्टिअक्सिडेन्ट बढी हुने भएकाले ताजा फलफूल स्वास्थ्यको दृष्टिकोणले ज्यादै उपयुक्त हुन्छ । यसप्रकार दिनको एउटा स्याउ वा कुनै पनि ताजा फलफूल खाएर डाक्टरबाट टाढा रहन सकिन्छ । फलफूलको प्रकार अनुसार यसमा करिब ८५ प्रतिशत पानी हुन्छ ।  रस भएको फलफूलमा पानीको प्रतिशत बढी हुन्छ । गर्मी मौसममा पानीको आवश्यकता बढ्ने हुनाले भोजनमा समावेश गरेको फलफूलले केही हदसम्म पानीको पूर्ति गर्न मद्दत पु¥याउँछ  । यी उल्लिखित विभिन्न गुणले गर्दा दैनिक भोजनमा फलफूलको समावेश अनिवार्य देखिन्छ ।
 
हुन त फलफूलमा पाइने पौष्टिक तत्वहरु सागसब्जीमा पनि हुने र सागसब्जी फलफूलको दाँजोमा सस्तो हुने भएकाले भोजनमा सागसब्जीलाई नै प्राथमिकता दिएको देखिन्छ । तर भोजन सन्तुलित बनाउन ३० देखि ५० ग्राम फलफूल दैनिक भोजनमा समावेश भएको हुनुपर्छ ।
 
यसैगरी हाल तयारी तथा कृत्रिम तरिकाले बनाइएको फलफूलको जुस तथा पेयपदार्थको बढ्दो प्रयोगलाई हेर्दा मूल्य र पौष्टिक दृष्टिकोणले ताजा फलफूल र यसको रस सस्तो एवंम गुणस्तरीय हुने भएकाले यी तयारी खाघपदार्थको प्रयोगलाई निरुत्साहित गरी दैनिक भोजनमा ताजा फलफूलको प्रयोग हुनु जरुरी छ ।