मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

७५ जना एचआइभी सङ्क्रमितको मृत्यु


नवलपरासी । नवलपरासीमा हालसम्म फेला परेका एचआइभी सङ्क्रमितमध्ये ७५ जना सङ्क्रमितको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 
 
नवलपरासीमा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने मुख्य संस्था लुम्बिनी प्लस र सहभागी संस्थाले संयुक्तरुपमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
 
सार्वजनिक गरिएको तथ्याङ्कअनुसार एचआइभी सङ्क्रमित मृत्यु हुनेको सङ्ख्या ७५ रहेको जनाइएको छ । दुवै संस्थाले एचआइभी सङ्क्रमितका लागि उपचार सेवा, हेरचाह तथा सेवा प्रदान गरिरहेका छन् । 
 
कुल ५७० जना पहिचान भएका सङ्कमितमध्ये ३१ जना नयाँ पहिचान भएका छन् । कार्यक्रममा दिन प्रतिदिन बढ्दै गएका एचआइभी सङ्क्रमितको सङ्ख्या न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र व्यक्तिको सहकार्यमा जोड दिइएको थियो । 
 
जिल्लामा एचआइभी सङ्क्रमितमा पुरुषभन्दा बढी महिलाको सङ्ख्या रहेको छ भने ६२ वटा श्रीमान् र श्रीमतीको जोडीसमेत सङ्क्रमित रहेको तथ्याङ्क छ । एचआइभी सङ्क्रमितमध्ये १५ वर्षमुनिका १६ जना बालक र १६ जना बालिका छन् । रासस