मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल सम्पन्न

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल सम्पन्न


जुलाई (२-४) मा लस एञ्जलसमा हुन गईरहेको पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत छलफल  आज मिति ०३/१९/२०१६ मासम्पन्न भयो I उक्त छलफल मा  कन्भेन्सनको  हाल सम्मको तयारी, अरु तयारी के कसरी गर्ने ,कसरी प्रभावकारीमुलक बनाउने भन्ने बारे लस एञ्जलस बासी सम्पुर्ण सामाजिक अगुवा,समाज सेबी, ब्यापारी, खेलाडीहरु, स्वयंसेबक सँग सल्लाह सुझाव लिई यस  अन्तरक्रियामा यस कन्भेन्सनको लागि सबैले आ-आफ्नो तर्फबाट सहयोग पुर्र्याउने प्रतिबध्दता गरेका छन् I यस्तै गरि अबैतानिक बाणीज्यदुत ऋिष ढकाल ले यो कार्यक्रम सम्पन्न गराउने दायित्व हामी सबैको हो र जसको लागि सम्पुर्ण लसएन्जल्सबासी नेपाली एकताको साथ जुट्नुपर्ने आबश्यकता रहेको बताएका छन्  I  एन आर एन का क्षेत्रीय उपाध्यक्ष रामबावु पाण्डेले यस कार्यक्रममा आफ्नो सहयोग रहने र बिशेष गरि आर्थिक पक्ष पारदर्शिता हुनु पर्नेमा जोड दिए I
 
नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाईले भने कार्यक्रमबाट संकलन भएको रकम नेपाली समुदायको स्थानीय युवाहरुको लागि सदुपयोग गर्नुपर्ने बताएका छन् ।
लसएन्जल्सबासी  समुदायमा  करिब ३०००-५००० नेपालीहरुको उपस्थिति हुने अनुमान  गरिएको उक्त सम्मेलनलाई कसरि  भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने  सन्दर्भमा सबै स्थानीय सामाजिक संघ संस्थाको परामर्स तथा सकारात्मक सुझाव  संकलन गर्दै अगाडी बढ्ने कन्भेन्सनका संयोजक बिश्व सुवेदीले बताएका छन् 
 
विशेष गरि खेलकुद मा न्यूयोर्क, डिसी, टेक्सास, सियेटल, सन् फ्रान्सिस्को को टिम ले एक-दुइ हप्ता भित्र नै टिम दर्ता  गर्ने भएका छन्  I  यस नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका का पहिलो र आम युवाहरुको सहभागिता रहने भएकोले यसलाई उदाहरणिय र प्रभाबकारीमुलक बनाउने  जानकारी उक्त सम्मेलनका  मुख्य कार्यक्रम संयोजक  बिश्व सुवेदीले जनाएका छन्  I साथै बर्षको एक पटक गरिने यस्ता खाले रचनात्मक खेलकुद, संस्कृति तथा यस्ता  क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल,सहकार्यताको भावना  ,सामाजिक सु- सम्बन्ध क़ायम  हुने भएकोले  आवश्यकिय प्राविधिक सहयोग नेपाल सरकारको तर्फबाट पनि संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले गर्न सकिने जानकारी दिनुभएको छ र कार्यक्रमका संयोजक विश्व सुवेदीले प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उध्येश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गरौं भन्दै यो पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन को तयारीमा सम्पुर्ण लस एन्जल्सबासी नेपाली समुदायलाई आग्रह गर्दै आफु पुर्णरुपमा जिम्वेवारीपुर्वक लागेको बताएका छन् ।