मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल हुँदै

पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत – छलफल हुँदै


जुलाई (२-४) मा लस एञ्जलसमा हुन गईरहेको पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को दोस्रो बृहत छलफल भोलि शनिवार  बेलुकी ८:३० बजे नेपाल अमेरिका एकता समाजको कार्यालय मा हुन गईरहेको छ ,उक्त छलफल मा  कन्भेन्सनको  हाल सम्मको तयारी कहाँ सम्म पुगेको छ, अरु तयारी के के गर्नु छ र  कसरी प्रभावकारी बनाउने भन्ने बारे लस एञ्जलस बासी सम्पुर्ण सामाजिक अगुवा,समाज सेबी, ब्यापारी, खेलाडीहरु, स्वयंसेबक सँग सल्लाह सुझाव लिने यस  अन्तरक्रियाको मूल उद्देस्य रहेको छ ।
 
लसएन्जल्सबासी  समुदायमा  करिब ३०००-५००० नेपालीहरुको उपस्थिति हुने अनुमान  गरिएको उक्त सम्मेलनलाई कसरि  भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने कुरा को परामर्स तथा धारणा विभिन्न संघ संस्था र व्यक्ति हरु बाट सुझाव  संकलन गरिनेछ ।
 
बिशेष गरि खेलकुद मा न्यूयोर्क, डिसी, टेक्सास, सियेटल, सन् फ्रान्सिस्को को टिम ले एक-दुइ हप्ता भित्र नै टिम दर्ता  गर्ने भएका छन् ,र यस नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका का पहिलो र आम युवाहरुको सहभागिता रहने भएकोले  यसलाई उदाहरणिय र प्रभाबकारीमुलक बनाउने  जानकारी उक्त सम्मेलनका  मुख्य कार्यक्रम संयोजक  बिश्व सुवेदीले जनाएका छन् 
 
 साथै बर्षको एक पटक गरिने यस्ता खाले रचनात्मक खेलकुद, संस्कृति तथा यस्ता  क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल,सहकार्यताको भावना  ,सामाजिक सु- सम्बन्ध क़ायम  हुने भएकोले  आवश्यकिय प्राविधिक सहयोग नेपाल सरकारको तर्फबाट पनि संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले गर्न सकिने जानकारी दिनुभएको छ र कार्यक्रमका संयोजक विश्व सुवेदीले प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उध्येश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गरौं भन्दै यो पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन को तयारीमा आफु पुर्ण रुपमा जिम्वेवारीपुर्वक लागेको बताएका छन् ।