मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका नेपाल सोसाइटीको पद हस्तान्तरण कार्य सम्पन्न (फोटो फिचर )

अमेरिका नेपाल सोसाइटीको पद हस्तान्तरण कार्य सम्पन्न (फोटो फिचर )


अमेरिका लसएञ्जलस, १३ मार्च / क्यालिफोर्नियाको लसएञ्जलसमा रहेको नेपाली समुदायको सबै भन्दा पुरानो सस्था अमेरिका नेपाल सोसाइटीको  आज एक समारोह बिच पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यो संस्था १९७४ मा लस एन्जल्स क्षेत्रमा रहेका नेपालीहरू द्वारा स्थापित भएको संस्था हो । संस्थाको संस्थापक अध्यक्ष तथा समाजसेवी वेदभक्त जोशीले संस्थाले प्रदान गर्दै आइरहेको क्षात्रब्रितिको बारेमा जानकारी गराउदै नयाँ कार्य समितिको सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो ।
 
हस्तान्तरण समारोहमा पूर्व अध्यक्षहरु वेद भक्त जोशी, पार्वती प्रोफिट, अनिल प्रधान, रोबिन प्रधान, र निवर्तमान अध्यक्ष सूर्य मान्नंधरको समेत उपस्थिति रहेको थियो ।
 
नवनिर्वाचित समितिको अध्यक्षमा चिरन्जीवी गौतम, प्रथम उपाध्यक्षमा उपेन्द्र न्यौपाने, दृतिय उपाध्यक्षमा एकदेब शर्मा, सचिव लक्ष्मण नेपाल, कोषाध्यक्षमा कर्ण चन्द र सदस्यहरूमा विष्णु गौतम, कल्पना प्रधान, शशी ममंधर, रोशन मानन्धर , बल बहादुर राई र  सुमितरा मानन्धर रहेकाछन ।
 
करिब ४२ वर्ष अगाडि स्थापना भएको संस्थाले नेपालमा स्वास्थय एव शिक्षा क्षेत्रमा सहयोग पुर्याउनुको साथै नेपालमा महाभुकम्पबाट पीडित नेपालीहरूलाई राहत तथा उद्धार कार्य गर्नको लागि पनि महत्त्वपूर्ण भूमिका निभाएको थियो ।फोटो: शंकर वाग्ले