मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एकता समाजको नयाँ कार्य समितिको पहिलो कार्यक्रम पर्यटन मन्त्रीसंग

एकता समाजको नयाँ कार्य समितिको पहिलो कार्यक्रम पर्यटन मन्त्रीसंग


अमेरिका, लस एन्जल्स १० मार्च I नेपाल अमेरिका एकता समाजले नेपाल सरकारका  पर्यटन मन्त्री आनन्द पोखरेलसंग स्थानीय सामाजिक अभियान्त र  नेपाली समुदाय सदस्यहरुसंग भोलि  शुक्रवार साँझ भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै  छ । फेब्रुअरी २१ मा भएको अधिवेशनबाट गठित नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो  कार्यक्रम हो ।
 
संस्थाकी महासचिव डोल्मा लामाका अनुसार  भूकम्प बाट क्षतिग्रस्त देश नेपालमा, प्रवासमा रहेका नेपाली सङ्घ संस्था तथा नेपाली समुदायको पर्यटन  विकास तथा प्रबर्धनको लागि के भूमिका हुन् सक्छ भनी यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राख्न लागेको जानकारी दिनु भयो  । संस्थाको आफ्नै  कार्यालयमा साँझको ६  बजेबाट कार्यक्रम सुरु गर्ने योजना संस्थाको रहेको छ । संस्थाका तर्फबाट मन्त्री पोखरेल लाई नेपाल अमेरिका एकता समाजले अघि सारेको नेपालको पर्यटकीय प्रवर्धन र विकासका लागी  दीर्घकालीन योजना सहितको औपचारिक पत्र प्रदान गर्ने छ ।  पर्यटन मन्त्रालय र एकता समाजले संस्थागत रूपमा गर्न सकिने हातेमालो र सहकार्यको खोजी गर्न कार्यक्रम आयोजना गरिएको समेत महासचिव लामाले बताउनु भयो  ।
 
संस्थाले  एक सूचना मार्फत सबै समुदाय सदस्य , संस्थाका आजीवन र साधारण सदस्यहरूलाई कार्यक्रममा उपस्थितिका लागी हार्दिक अनुरोध समेत गरको छ  । संस्थाका अध्यक्ष सूर्य प्रसाईले गत मार्च ८ तारिखमा संस्थाको बैठकमा पेस गर्नु भएको एकता समाजको दीर्घकालीन अवधारणा  अनुसार आर्टिसिया नगर वा लस एञ्जलसको कुनै पनि स्थानमा  नेपाल महोत्सव कार्यक्रम ,  लस एञ्जलसको सुन्दर नगरी पासाडेनामा हुने  अति प्रसिद्ध कार्यक्रम रोज परेड, नेपाल अमेरिका एकता समाज सामुदायिक भवन , नेपालको पर्यटन प्रवर्धन र विकासका लागी नेपाल अमेरिका एकता समाजको नेतृत्वमा क्यालिफोर्निया व्यापी एक सम्पर्क केन्द्रको स्थापना का विषयमा मन्त्री पोखरेल सँग विचार आदान प्रदान हुने बुझिएको छ।
 
क्यालिफोर्निया लस एञ्जलस  क्षेत्रमा नेपालको पर्यटन स्थलको रूपमा परिचित ठमेल केन्द्रित व्यवसाय गरी आएका उल्लेख्य स्थानीय समुदायको उपस्थितिमा हुने उक्त कार्यक्रमले   नेपालमा समेत लामो अनुभव भएका व्यवसायीलाई उत्प्रेरित गर्न सकेमा भूकम्पबाट क्षतिग्रस्त देशले पर्यटनको मार्फत केही राहत पाउन सक्ने  तथा देश आर्थिक सम्बृदिको बाटोतिर लम्कने देखिन्छ ।
……………………………………………………………………………………………………………………….