मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेप्लिज अमेरिकन सम्मेलनको वेबसाइट लन्च,१०० भन्दा बढि आयोजक समितिका सदस्यहरु गठन

नेप्लिज अमेरिकन सम्मेलनको वेबसाइट लन्च,१०० भन्दा बढि आयोजक समितिका सदस्यहरु गठन


शंकर वाग्ले  / हिमालय खबर संबाददाता, लसएञ्जलस-
अमेरिकाका बिभिन्न राज्यहरुमा छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ जसको लागि पहिलो चरणको तयारी पुरा भएको छ I
 
अमेरिकन स्वतन्त्रता दिवस जुलाई ४ लाई मध्य नजर गर्दै  सो सम्मेलन जुलाई २ देखि ४ सम्म आयोजना हुने गरिने भएको छ l उक्त प्रथम सम्मेलनलाई भब्यताका साथ सम्पन्न गराउन १०० भन्दा बढि आयोजक समितिका सदस्यहरु गठन गरिएको छ I
 
आवश्यकता अनुसार सो कन्भेन्सनको लागि अन्य सदस्यहरु समेत थप गर्न  सकिने छ I
 
सम्पूर्ण अमेरिकावासी युवाहरुको लागि खेलकुद, संगीत् र संजाललाई मुख्य नारा बनाउदै यसको माध्यमबाट अमेरिकाका नेपाली समुदायलाई एकत्रित बनाउने  र आम युवाहरुको निम्ति क्षमता बिकास एवं प्रदर्शनका लागि  एउटा प्लेटफर्म तैयार गर्ने लक्ष्य रहेको आयोजकले बताएका छन् I