मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दुवईमा प्रमोद खरेलको झुम्कावाली

दुवईमा प्रमोद खरेलको झुम्कावाली


दुवई, २ फागुन । ख्यातिप्राप्त गायक प्रमोद खरेलले भ्यालेन्टाइन डेका अवसरमा दुवईको प्यालेस एसियाना होटल दिरामा आयोजित सांगीतिक कार्यक्रममा चर्चित गीत झुम्कावाली प्रस्तुत गरेका छन् । 
 
उनले दर्जनौँ प्रेम गीत प्रस्तुत गरे । हरेक गीतमा दर्शक दीर्घाबाट वान्स मोरको डिमान्ड भयो । र, नयाँ गीत झुम्कावालीको डिमाण्ड यति भयो कि उनले दोह¥याउन बाध्य भए । दुवईमा रहेका प्रवासी नेपालीहरुको मन छुन सफल भए । 
 
गायक खरेललाई साथ दिँदै नायिका प्रियंका कार्की, लोकप्रिय हास्य कलाकार जितु नेपाल, गायिका आस्था बीलगायतका कलाकारहरुले स्टेज तताएका थिए । 
नरेश भट्टराईले प्रस्तुति दिएको कार्यक्रम झण्डै तीन घण्टा चलेको थियो । 
 
जितु नेपालले सामयिक विषयमा हास्य व्यङ्ग्य प्रस्तुत गरेका थिए । प्रियंकाको नृत्यले दर्शकको मन लोभ्याएकी थिइन् ।  सक्रिय युवा समूह ग्रीष्मा इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा सयौँ प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।