मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेपाली भाषी समुदाय वारेमा वासिंटन (सरकार) लाई वुझाईरहेको छु : संजिता प्रधान राष्ट्रपतिका सल्लाहकार- हिमालयखबर बिशेष

नेपाली भाषी समुदाय वारेमा वासिंटन (सरकार) लाई वुझाईरहेको छु : संजिता प्रधान राष्ट्रपतिका सल्लाहकार- हिमालयखबर बिशेष


हिमालयखवर संवाददाता, लसएन्जलस-
अमेरिका आउने रहर थियो आईयो तर, यहाँ शुरुका दिन अन्य नेपालीका जस्तै मेरा पनि चुनौतीपुर्ण थिए अमेरिकन तथा प्यासिफीक आइल्याण्डर का लागि अमेरिकी राष्ट्रपतिका सल्लाहकार  संजिता प्रधानले भनिन् त्यही चुनौतीलाई सामना गर्दै म यहाँ सम्म आईपुगेको हुँ। 
 
राष्ट्रपतिले बाराक ओबामाले सल्लाहकार नियुक्त गरेको केही महिना पछि संजिताले  हिमालयखवरसंग नेपाल देखि अमेरिकासम्म आउंदाको संघर्ष र अहिले गरिहेको कामका वारेमा प्रष्ट पारेकी छन् । 
 
नेपाली भाषी समुदायका थुप्रै समस्याहरु छन् जुन अमेरिकी सरकारसम्म पुगेकै छैन संजिता भन्छिन् मैले हाम्रो समुदायले भोगेका समस्या अवस्थाका वारेमा सरकारलाई बुझाईरहेको छु । मेरो अगाडी चुनौती र अवसर दुवै छन् तर, मैले समुदायको हितमा काम गरिरहेको छु मैले सिक्ने मौका पनि पाईरहेको छु उनले भनिन् मेरो शतप्रतिशत काम वर्तमान जिम्मेवारीमै केन्द्रित गरेको छु । 
 
मेडिकयर, ओबामा केयर जस्ता विषयमा घरमा चिठ्ठीहरु आउंछन कतिपयले यस वारेमा राम्रोसंग वुझ्दैनन संजिताले भनिन् मैले त्यससँग  सम्वद्ध पदाधिकारीहरुलाई यस्ता चिठ्ठी पठाउछौ  के उनीहरुले बुझिरहेका छन् भन्ने प्रश्न गर्दा उनीहरु नै मलाई सोध्छन् के गर्ने सकिन्छ । 
 
(हेर्नुहोस संजितासंग हिमालय खवरका लागि डोल्मा लामा र शंकर वाग्लेले यसै साता गरेको अन्तरबार्ता)