मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा मलिनाको प्रेमकथा (भिडियो सहित )

अमेरिकामा मलिनाको प्रेमकथा (भिडियो सहित )


कारीब ५ महिना अमेरिका घुमेर केहि समय अघी मात्रै नेपाल फर्किएकी अभिनेत्री एवम मिस नेपाल २०११ मलिना जोशीको अमेरिका रहदाको प्रेम कथा अब भिडियोमा हेर्न पाइने भएको छ तर उनको यो प्रेमकथा वास्तबिक नभई एउटा गीतमा छायांकन  गरिएको फिल्मी कथा हो ।
 
नेपाली आधुनिक गीत संगीतका चिर-परिचित ब्यक्तित्व बरीस्ठ गायक लाक्पा शेर्पाको स्वर , चर्चित संगीतकर्मी नरेन्द्र प्यासीको संगीत अनी गीतकार पासाङ शेर्पाको शब्दमा रहेको सुमधुर गीत साँझ ढलेको थाहै भएनको म्युजिक भिडियो तयार भएको छ ।
 
न्यु योर्कको Times Square , Brooklyn Bridge लगायतका स्थानहरुमा छायान्कन गरिएको यो भिडियो नया बर्ष २०१६ को अवसर पारेर रिलिज गरिएको छ । मलिना जोशी र न्युयोर्ककै मोडेल पिटर श्रेष्ठको अभिनय रहेको यो भिडियोलाई शम्भु मोक्तानले खिच्नु भएको हो भने भरत रेग्मीको सम्पादन अनी सुरेस दर्पण पोखरेलको निर्देशन रहेकोछ ।
 
एक प्रेमी जोडीको सफल दाम्पत्य जिवनलाई सरल र मिठो रुपमा प्रस्तुत गरिएको यो भिडियोमा मलिना र पिटरले युवा देखी बृदाअवस्थासम्मको जिवन्त अभिनय गरेका छन । गीतका शब्दहरु अनुसार भिडियो सान्दर्भिक बनेकोले यो गीत र भिडियो दुबैलाई दर्शक श्रोताहरुले मन पराउने बिश्वास गीतकार पासाङले ब्यक्त गरेका छन ।