मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उग्र राष्ट्रवादले राष्ट्रीयता बलियो हुदैन -उमाकान्त चौधरी

उग्र राष्ट्रवादले राष्ट्रीयता बलियो हुदैन -उमाकान्त चौधरी


डिसेम्बर २६, २०१५ का दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख उमाकान्त चौधरीको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनितिका संगै ” नेपाली काँग्रेस , तराई मधेश र संघियता”का बारेमा एक बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय ज्याक्सन हाईटको चौतारी रेष्टुरेन्टमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत आम सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो ।an
प्रमुख अथितिको रूपमा वेल्दै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश प्रमुख उमाकान्त चौधरीले अहिले नेपालमा देखिएको मधेशको समस्या यदि समाधान गर्छ भने नेपाली काँग्रेसले मात्र गर्छ भन्दै, अन्य मधेशवादी दलले तराई मधेशको समस्या बुझ्नै नसकेको कुरा औंल्याएका थिए। उग्र राष्ट्रवादले मात्र नेपालको राष्ट्रीयता बचाउँन नसक्किने कुरा राख्दै ,काँग्रेस बलियो भयो भने मात्र नेपालको लोकतन्त्र र  राष्ट्रीयता बलियो हुने कुरा चौधरीले बताए । नेपाली काँग्रेसले संघियतालाई स्विकारी सकेको हुनाले , मुलुक अब कुनै हालतमा संघियतामा जाने र सबै नेपालीलाई स्वीकार्य हुने पहिचान भेट्टिन्ने र जातिय द्वन्द मेटिन्ने मोडललाई काँग्रेसले अघि सारेको  कुरा केन्द्रीय सदस्य चौधरीले बताएका थिए।  एक छुट्टै प्रशंगमा तराई मधेशका जायज मागलाई काँग्रेसले उठान गर्दैं , संविधान संशोधनका निमित्त अघि सारिसकेको कुरा तराई मधेश विभाग प्रमुख उमाकान्त चौधरीले कार्यक्रममा बताएका थिए ।mu
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले नेपालको नाकाबन्दी काँग्रेसका अग्रसरतामा खोल्लिनु पर्न कुरा राखेका थिए ।
महासचिव मुनिन्द्र  नेम्बाङले संविधान निर्माण संगै देखिएको  राजनितिक , आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरू  गम्भीर ढंगले लिदै काँग्रेसले नै समस्याको समाधान दिनुपर्ने कुरा राखेका थिए । महासमिति सदस्य बंशलाल तमांगले अहिलेको सरकार भिन्न भिन्न राजनितिक बिचारमा आधारित भएकोले यसले दशको समस्यालाई समाधान नगर्ने कुरा राखेका थिए ।
निवर्तमान संयोजक विष्णु सुवेदिले अहिलेको संविधान लोकतान्त्रिक संविधान भएकोले सबैले माग्नु पर्ने कुरा बताएका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसांग वाईवाले नेपाली काँग्रेस अहिले कुम्भकर्ण जस्तै सुतीरहेको कुरा राखेका थिए ।
अन्य वक्ताहरूमा रिजुड नेपाली समाजका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट र एन आर एनका महासचिव तिलक श्रेष्ठ थिए। नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुंगानाकोअध्यक्षतामा सम्पन उक्त कार्यक्रमको संचालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपाध्यक्ष अमर तामांगले गरेका थिए ।