मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सुजनाको जीवन बचाउन जुटे अमेरिकाको लसएन्जलसमा रहेका नेपाली

सुजनाको जीवन बचाउन जुटे अमेरिकाको लसएन्जलसमा रहेका नेपाली


जीबनमरणको दोसाँधमा रहेकी दोलखाकी एक किशोरीको जीवन बचाउन अमेरिकाको लसएन्जसमा रहेका नेपालीहरु एकजुट भएका छन् । एप्लास्टिक एनेमिया नामक रोगबाट ग्रसित दोलखाको भोड्पु गाविसकी २४ बर्षीय सुजना गोलेको जीवन रक्षाका लागि अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा बसोबास गर्दै आएका नेपालीहरुले रकम संकलन सुरु गरेका हुन् । सुजना गोले जीवन रक्षा अभियानका रुपमा लसएन्जलसमा बस्दै आएकी दोलखाकी सामाजिक अभियन्ता डोल्मा लामाले अभियान संचालन गरिरहेकी छिन् ।
 
एप्लास्टिक एनेमिया सामान्य अर्थमा शरीरका हड्डीका मासी अथवा बोनम्यारोले रक्त कोष बनाउन नसक्ने अबस्था हो । आफ्नो शरीरलाई चाहिने रगत बनाउन नसकेपछि समय समयमा रगत दिनुपर्ने हुन्छ । यही प्रकारको रोगबाट पीडित सुजना अहिले काठमाडौँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् । उनको उपचारका लागि करिब ३५ लाख खर्च हुने अस्पतालले जनाएको छ । 
 
सुजनाको बाबुको यसअघि नै मृत्यु भइसकेको छ भने पारिवारिक अबस्था अत्यन्तै नाजुक रहेकाले सुजनाको परिवारको आग्रहमा आफूहरुले अमेरिकाका नेपालीहरुको बीचमा अभियान संचालन गरेको लामाले बताइन् । उनका अनुसार, अहिलेसम्म अमेरिकामा १ लाख ४० हजार रुपैँया संकलन भइसकेको छ । 
 
अन्य देशमा समेत गरी करिब ५ लाख रुपैँया संकलन भइसकेको लामाले बताइन् । ‘प्रवासमा रहेका नेपालीहरुको सानो सहयोगले पनि सुजनाले नयाँ जीवन पाउन सक्छिन्, त्यही भएर हामीले अभियान संचालन गरेका हौँ, लस एन्जलस् र अमेरिकाको विभिन्न राज्यममा रहेका नेपालीहरुले सकारात्मक रुपमा लिँदै सहयोग गरिरहनुभएको छ ।’– लामाले भनिन् ।
 
सहयोग गर्न इच्छुक व्यक्तिले तलको लिंकबाट सिधै सहयोग गर्न सक्नेछन् ।