मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको फ्रिस्कोमा आउँदो आइतबार निशुल्क स्वास्थ शिविर

टेक्ससको फ्रिस्कोमा आउँदो आइतबार निशुल्क स्वास्थ शिविर


हिमालय खबर संबाददाता, ड्यालस (अमेरिका) । अमेरिकाको ड्यालस-फोर्थवोर्थमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाली समाज नर्थ ड्यालसको संयोजनमा आउँदो आइतबार स्वास्थ शिविर आयोजना हुने भएको छ । 
 
संस्थाका अध्यक्ष बादल भुजेलले हिमालय खबरलाई दिनुभएको जानकारी अनुसार टेक्ससको ड्यालस, फोर्टवर्थ क्षेत्रमा बसोबास गर्नुहुने नेपाली चिकित्सकहरु डा.मन्दिप आचार्य र डा.शर्मिला श्रेष्ठ एवं नर्सहरु कमला अधिकारी र धन न्यौपानेको समूहले उक्त शिविर आयोजना गर्नुहुने भएको छ । शिविरमा स्किन क्यान्सर, ब्लड सुगर, आँखा तथा कानको सेवाहरु उपलव्ध हुनेभएको छ । यी सेवाहरु निशुल्क रुपमा उपव्ध हुनेछन् ।
 
त्यसैगरि उक्त अवसरमा कोलेस्ट्रोल, किड्नी तथा लिभर र अन्य परिक्षण एवं ल्याव सेवाको लागि २० डलर तिर्नुपर्ने जनाइएको छ । शिविरमा रगतको सबै प्रकारका परिक्षणहरु हुनेछन् । डिसेम्बर २७, आइतबार बिहान ११ देखि दिउँसो १ बजेसम्म टेक्सस प्राथमिक स्वास्थ केन्द्र, ९१९१ केसर वे फ्रिस्कोमा शिविर सञ्चालन हुनेभएको छ । 
 
विगतमा यस प्रकारको शिविर दुई पटक भइसकेको छ । आगामी दिनमा हरेक दुई महिनाको अन्तरालमा गर्ने तयारी भइरहेको र आगामी दिनमा पनि निरन्तर रुपमा हुने कार्यक्रम रहेको अध्यक्ष भुजेलले जानकारी दिनुभयो । यो संस्थाले नेपालमा भइपरिआउने प्राकृतिक प्रकोप लगायत सामाजीक कार्यमा सहयोग गर्दै आएको छ ।
 
यसका साथै ड्यालस-फोर्थवोर्थ  क्षेत्रमा नेपाली चाडपर्वको अवसरमा विभिन्न कार्यक्रमहरु समेत संस्थाले गर्दै आएको छ ।