मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

विजय राज भट्टराईका तीन योजना : Collection, Connection र Strengthen

विजय राज भट्टराईका तीन योजना : Collection, Connection र Strengthen


दाजु भाई तथा दिदीबहिनीहरू

नेपाली समाज टेक्सास (NST) को येही २० तारिखका दिन हुने निर्बाचनमा म अध्यक्ष पदका लागि तपाइहरु सामु प्रस्तुत भएको थाहा नै छ । गत आइतबार सम्पन्न उम्मेदवारहरु बिचको बहसका क्रममा मैले प्रस्तुत गरेको मेरो मुख्य तिन योजना समय अभाबका कारण राम्रो संग  प्रस्तुत गर्न नसकेको महसुस गरि मेरो यो अबधारणालाइ तपाईहरु समक्ष पुर्याउने उद्देश्यले यो टिप्पणी लेखेको छु ।
 
आगामी दुई बर्षमा मेरा तिन मुख्य योजना रहेका छन्:
 
1. COLLECTION अन्तर्गत मेरो योजना नेपालीहरु संग सबन्धित सम्पूर्ण जानकारी बटुल्ने रहनेछ । डालस सहर वरिपरी कति नेपालीको संख्या छ भन्ने एकिन छैन, तर 30-४० हजारको संख्यामा नेपालीहरु छन् भन्ने अनुमान धेरैको छ । तर सहि तथ्यांक नहुदा हामीले यो हाम्रो गर्न सक्ने धेरै कुराहरुलाई अगाडी लैजान सकेका छैनौ । सूचना अति नै मह्त्त्वपूर्ण आधार हो । बिना पूर्ण जानकारी कुनै पनि योजना संचालन सम्भव छैन । नेपालीको जनसंख्या, नेपालीसंग सबन्धित ब्याबसायको संख्या र हामीहरुले प्राप्त गर्न सक्ने सम्पूर्ण सुचना प्राप्त गर्नु मेरो योजना नम्बर १ रहेको छ ।
 
2. CONNECTION  अन्तर्गत हामीसंग भएका सुचनालाई अर्को सेवा वा सुबिधा संग जोड्ने हुनेछ ।  एक नेपाली र अर्को नेपाली बिच को कनेक्सन, नेपालीको  अमेरिकि सरकारबाट प्राप्त हुने सेवा संग को कनेक्सन, नेपाली बिद्यार्थीको डालस स्थित राम्रो कलेज तथा बिश्व बिद्यालय संग छात्त्रब्रितीका लागि कनेक्सन लगाएत धेरै सेवाग्राहीको सुबिधा संगको कनेक्सन गराउने । हाम्रो नेपाली संस्थालाई यहा को अमेरिकन संस्था तथा  अन्य मुलुक का संस्थाहरु संग समन्वय गराउने तथा अमेरिकन  मूल प्रबाह मा connection मेरो योजना नम्बर २ रहेको छ ।
 
3. STRENGTHEN मेरो योजनाको तेस्रो चरण भनेको हामीले प्राप्त गरेको सुचना र हाल सम्म सुचनाका आधारमा गरेको सेवाग्राही र सुबिधा बिचको कनेक्संन पश्यात नेपाली समुदायको हक हित र बिकासका लागि लागि पर्नु हो – जसलाई मैले Strengthen  (सबलीकरण ) भनेर भनेको छु  ।  समाजको सबलीकरण बिना हामीले कल्पना गर्न खोजेको समाजसेवाको कुनै अर्थ रहदैन ।  हाम्रो योजना नया लिडरहरुको उत्पादन गर्नु हो – जसका लागि समाजको स्तर आजको भन्दा भोलि र भोलि को भन्दा पर्शी राम्रो हुँदै जान जरुरि छ । 
 
अन्तमा, आदरणीय आमा- बुवा तथा दाजु- भाइ दिदीबहिनीहरु , नेपाली समाज टेक्सास को अध्यक्ष पदमा आफ्नो मत दिएर तपाइहरुले  मलाइ आफ्नो सेवा गर्ने अवसर दिनु भएको खण्डमा आगामी दुई वर्ष आफ्नो तन, मन, बचन र कर्मले समाज सेवामा सक्रिय रहने प्रण  एक पटक फेरि पनि गर्दै सबैलाई आगामी २० तारिखका दिन हुने निर्बाचनमा योग्य र काम गर्न सक्ने तथा समाजलाई नया दिशा दिन सक्ने नेतृत्वलाई आफ्नो अमुल्य मत दिन अनुरोध गर्दछु ।