मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रमोदको झुम्कावाली संग झुम्यो धनगढी

प्रमोदको झुम्कावाली संग झुम्यो धनगढी


लोकप्रिय गायक प्रमोद खरेल लाइ सुदुर पश्चिम महोत्सव मा स्टेज बोलाउन नाम लिने बितिकै दर्शकदिर्घामा हुटिंग र तालीको फोहोरा मात्र छुटेन, प्रहरीले लाठी चार्ज नै गर्नुपर्यो। खरेल आफैले माइकबाटै माहोल साम्य बनाउदै प्रस्तुती तिर लागे I हरेक गीत वान्स मोर पाएका उनले ४० हज़ार वढी दर्शकलाइ एक साथ मन्त्रमुग्ध वनाए झण्डै २ घण्टा ।
 
थुप्रै लोकप्रिय गीत बीचमा आफ्नो नया गीत " ओए झुमा झुम्कावाली " को स्टेज डेव्यु समेत गरे। पहिलो पटक नै वान्स मोर भयो , खरेलले हिमालय खबरलाई  बताए। युवा युवतीको लोभलाग्दो क्रेज़ बीच खरेलको प्रस्तुती महोत्सव कै सर्वाधिक आकर्षण बनेको मेला संयोजक अव्वु ओझाले बताए।
शनिवार वा विदा नहुदा पनि यति धेरै दर्सक देखेर आयोजक पनि खुशी देखिन्थे। आफ्नो प्रेमी तपाइको फ्यान उसलाइ फोन गरेर मनाइदिनु भन्दै एक युवती स्टेज चढेर प्रमोद लाइ आग्रह गरेपछि आयोजक चकित भए। पछि प्रहरीको स्करटींगमा उनी स्टेजबाट बाहिरीए फेरि भेटने वाचा गर्दै।