मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

एनएसटीको आगामी नेतृत्वका लागि उम्मेदवारी दिनु भएको लामिछानेको अपील

एनएसटीको आगामी नेतृत्वका लागि उम्मेदवारी दिनु भएको लामिछानेको अपील


नेपाली सोसाइटी टेक्सास (एनएसटी) को आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका वरिष्ठ समाजसेवी तथा लोकप्रिय व्यक्तित्व कृष्ण लामिछानेले एक अपील जारी गर्दै मतदानमा भाग लिनका लागि १२ डिसेम्बर सम्म सदस्यता दर्ता गर्न सम्बन्धित् सबैमा आव्हान गर्नु भएको छ । नियम अनुसार १२ डिसेम्बर सम्ममा सदस्यता दर्ता गर्नेले मात्र मतदानमा भाग लिन पाउने भएकाले लामिछानेले तोकिएको समय अघि नै सदस्यता दर्ता गर्न अपील गर्नु भएको हो ।
 
लामिछानेले देश विदेशमा रहेका सबै आफन्त तथा शुभचिन्तक समक्ष आफनो उम्मेदवारी प्रति समर्थन जनाउन आग्रह गर्दै मतदाता सबैलाई आफनो पक्षमा मतदान गर्न आग्रह गर्नु भएको छ । अध्यक्षमा निर्वाचित भएमा तन, मन, धन सबै दिएर समाजसेवाको क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आफु कटिबद्ध रहने उद्घोष समेत लामिछानेले गर्नु भएको छ ।
 
सबै नेपालीको आफु सुख दुखको साथी बन्न तयार रहेको बताउँदै लामिछानेले एनएसटी मार्फत यहांका स्थानिय निकायले लिने ड्राइभिगं परिक्षा लगायत अन्य क्षेत्रमा पनि नेपाली भाषामा परिक्षा दिन पाउने व्यवस्थाका लागि पहल गर्ने वताउनु भएको छ । आफू भन्दा वरिष्ठहरुको आर्शिवाद तथा युवाहरुको साथ सहित आफु नेतृत्वमा आउन चाहेको उहाँको भनाइ छ । गोर्खा जिल्लाका स्थायी बासिन्दा लामिछानेको पहलमा गोर्खामा विभिन्न विकासका काम हुँदै आएका छन् ।
 
एनएसटीको निर्वाचन आगामी २० डिसेम्बरमा एनएसटी भवन इर्विंग डलासमा हुने कार्यक्रम छ । डलासमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील अन्य व्यक्तिहरुले पनि लामिछानेको उम्मेदवारीमा समर्थन जनाइसकेका छन् ।