मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कमा नेजा नाइट हुँदै,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सहभागी हुने

न्यूयोर्कमा नेजा नाइट हुँदै,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सहभागी हुने


न्यूयोर्क,अमेरिका,नोभेम्वर १८ | नेपाल अमेरिका पत्रकार संघ, नेजाले यही नोभेम्वर २९ तारिख आईतवारका दिन न्यूयोर्कमा नेजा नाईट नामक भव्य सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेजाको आकस्मिक कोषको सहयोगार्थ न्युयोर्कको ज्याक्सन हाईटस्थित गुल्शान टेरेसमा यस्तो कार्यक्रम गर्न लागिएको कार्यक्रमको संयोजन गरिरहनु भएका नेजाका महासचिव भोला आचार्यले जानकारी दिनु भएको छ | 
 
यो कार्यक्रमलाई विशेष बनाउन आफुहरु लागिपरेको भन्दै महासचिव आचार्यले अहिलेसम्म कार्यक्रममा नेपाली सिने जगतमा महानायकको रुपमा सम्मानित राजेश हमालदेखि चर्चित हाँस्य कलाकार मनोज गजुरेल, नायक दिलीप रायमाझीले आ आफ्नो प्रस्तुती मार्फत न्यूयोर्कवासी दर्शकहरुलाई मनोरंजन दिलाउने निश्चित भएको जनाउनु भएको छ | यसैगरी गायकद्धय यम बराल र कर्मा शेर्पा (सारेगम) र एउटा मात्र खुट्टाको सहाराले पनि कुशल नृत्य प्रस्तुत गर्ने रश्मी खरेलले साहसिक सन्देशसहितको प्रस्तुतीबाट दर्शकहरुलाई मनोरन्जन दिलाउनु हुनेछ | 
 
हाल न्यूयोर्कमै रहनु भएका हाँस्य कलाकार मनोज गजुरेलले न्यूयोर्कमा हुन लागेको नेजा नाइटमा आफ्नो यस पटकको अमेरिका भ्रमणको अन्तिम प्रस्तुती गर्न लागेको र यसलाई विशेष बनाउन लालबाबु पण्डितको भूमिकालाई विशेष रुपमा प्रस्तुत गर्ने तयारी गरेको जनाउनु भएको छ | यसैगरी महानायक राजेश हमालको पनि नेजा नाइटमा हुने प्रस्तुती नै यस पटकको अमेरिका भ्रमणको अन्तिम प्रस्तुती हुनेछ | हमालले पनि दर्शकहरुलाई विशेष प्रस्तुती दिन आफुले तयारी गरिरहेको जनाउनु भएको छ | यता बाल्टिमोरमा रहेका नायक दिलीप रायमाझी पनि न्यूयोर्कमा आफ्नो प्रस्तुतीका लागि उत्साहित रहेको भन्दै दर्शकहरुलाई मनोरंजन दिलाउन भरमग्दुर प्रयास गर्ने बताउछन् | गायक यम बरालको गीतमा महानायक राजेश हमालले विभिन्न चलचित्रमा अभिनय गरेका छन् | यस अर्थमा प्ले ब्याक गायकको साथमा यम बराल र राजेश हमाल,यम बराल र दिलीप रायमाझी लगायतका गायक/नायकको एकसाथ प्रस्तुती विशेष हुने आयोजकहरुको भनाई छ | 
 
दुईवर्षअघि नेजा नाईट शुरु गरेको नेजाले यस पटकको नेजा नाईटलाई नेजा नाईट टु भनेर नाम दिएको छ । नेजा नाईट दुई अन्तर्गत एउटा कार्यक्रम अघिल्लो महिनामा भर्जिनियामा सम्पन्न गरिसकेको छ । वेलुकी ६ बजेबाट १ बजेसम्म आयोजना हुने यो कार्यक्रम ऐतिहासिक वन्ने विश्वास कार्यक्रमको संयोजन गरिरहेका संस्थाका महासचिव भोला आचार्यले व्यक्त गरे ।