मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपाली अमेरिकन कलाकार सँघ, साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नायिका जल शाह

नेपाली अमेरिकन कलाकार सँघ, साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नायिका जल शाह


नेपाली अमेरिकन कलाकार सँघ नर्थ अमेरिकाद्दारा साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नेपाली सिनेजगतकी बरिष्ठ नायिका जल शाहलाई मनोनित गरेको छ ।

unnamed (3)बिगत लामो समयदेखि नेपाली सिने जगतमा बिशेष योगदान दिएकी नायिका शाहलाइ संघको बोर्ड मिटिंगले सर्बसम्मतिबाट सम्मानपुर्बक मनोनित गरेको हो । नोभेम्बर १६ सोमबारका दिन विषेश कार्यक्रम गरि सँघका न्युयोर्क च्याप्टर संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र ग्रहण गर्दै नायिका शाहले संघलाइ आफुले सक्दो रुपमा विस्तार गर्ने बताइन् । कार्यक्रममा नायिका शाहलाइ खादा ओढाई सम्मान गर्नुका साथै नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकाल,बरिष्ठ हास्य कलाकार मनोज गजुरेल,निर्देशक/सन्चारकर्मी शुरेश दर्पण पोखरेल,सन्चारकर्मी तथा अभिनेता सरोज केसी,चर्चित डिजे तेन्जिङलाई स्वागत गरेको छ ।

unnamed (1) (1)कार्यक्रमसँगै संस्थाका निबर्तमान अध्यक्ष गम्बु शेर्पाले नब-निर्वाचित अध्यक्ष सुमन बुढा मगरलाई अध्यक्षको सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्दै कार्यकालको सफलताको शुभकामना दिएका थिए । संस्थाका गतिविधिहरुको सकारात्मक मुल्याँकन गर्दै सुझाव-सल्लाह सहित सबै अतिथीहरुले मन्तब्य दिएका थिए । स्वागत मन्तब्य बरिष्ठ ऊपाध्यक्ष बिक्रान्त बस्नेतले दिएको सो कार्यक्रमको सन्चालन नब-निर्वाचित महासचिव अभय ढुँगेलले गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी लगायत बरिष्ठ गायकहरु जगदीश समाल,राम श्रेष्ठ,कर्मा शेर्पा,पुजा न्यौपाने,सच्चि मैनाली आदिको ऊपस्थिती रहेको मिडिया संयोजक बिमल डाँगीले बताएका छन् ।