हिमालय खबर संबाददाता, न्युयोर्क
नोभेम्वर १७, एन आर एन अमेरिकाको तत्वाधानमा आज न्यूर्योक स्थित राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकावन्दी विरुद्ध भव्य विरोध कार्यक्रम सम्पन्न भयो । दिनको करीव १२ वजे वाट शुरु भएको उत्त कार्यक्रमका दौरान भारत विरोधी विभिन्न नाराहरु लागेका थिए । एन आर एन अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा भएको उक्त कार्यक्रममा ठूलो संख्यामा सर्वसाधरण विरोधी नारा लेखिएको प्लेकार्ड सहित उपस्थित भएका थिए । यसै विच एन आर एन मिडिया कोर्डिनेटर सर्वज्ञ वाग्लेका अनुसार विरोध कार्यक्रममा नेपालीहरु मात्र नभै भारतीयहरु र अन्य मुलुकका विदेशीहरुले पनि साथ दिएका थिए ।
यसै विचमा एन आर एन अध्यक्ष डा. केशव पौडेलले संयुक्त राष्ट्र संघका महासचिव वान्किमुनलाई भेटि नेपालमा जारी भारतीय नाकावन्दी विरुद्धको ज्ञानपनपत्र वुझाउनु भयो । ज्ञापन पत्र वुझाए लगतै डा. पौडेलले उक्त ज्ञापन पत्र सवै माझ पढेर सुनाएका थिए ।
यसैविच यस हिमालय खवरका प्रतिनिधि शरद पोखरेलले एन आर एन अध्यक्ष डा. केशव पौडेल संग को कुराकानीमा उनले आजको कार्यक्रम भव्य रहेको वताए । यसवाट आफू हौसिएको उनले वताए । यस्तै टाढा टाढा वाट कार्यक्रमलाई सफल वनाउनका लागी आउनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीलाई उनले धन्यवाद दिए र आउने नोवेम्बेर २२ तारिक वासिंगटन डिसी मा हुन गैरहेको विरोध कार्यक्रम पनि सफल हुनेमा उनले विश्वास जनाए ।
नेपाली विशाल जनसमुदायले गरेको यस विरोध कार्यक्रमको विभिन्न संघ संस्थाहरुले ऐकवद्धता जनाएका छन । विरोधका लागी आज विहानै देखि न्यूर्योक स्थित राष्ट्र संघ भवन अगाडि नेपालीहरु स्वत स्फूर्त रुपमा नाकावन्दी विरुद्ध विभिन्न प्लेकार्ड सहित उपस्थित भएका थिए । व्याकअफ इन्डिया, मोदी इज मोर डिस्ट्रक्टिभ द्यान अर्थक्युक, ओपन द टेड वल्केड इन्डिया, नेपाल हाई हाई लगायतका अंग्रेजी अक्षरबाट लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका उनीहरुले चर्को नारावाजी गरेका थिए। कार्यक्रमको आर्कषणका रुपमा गायक रामकृष्ण ढकालले नेपाली राष्ट्रिय गीतहरु गाएका थिए भने हास्य कलाकार मनोज गजुरेलले नकावन्दीको विरोधमा सर्मथन जनाएका थिए ।
प्रतिक्रिया