मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ईन्द्रेणी सांस्कृतिक संघ र नेपाली सांगितीक तथा सांस्कृतिक समूहले टेक्ससमा बिजया दशमी तथा दिपावलीको शुभ-कामना कर्यक्रम सम्पन्न

ईन्द्रेणी सांस्कृतिक संघ र नेपाली सांगितीक तथा सांस्कृतिक समूहले टेक्ससमा बिजया दशमी तथा दिपावलीको शुभ-कामना कर्यक्रम सम्पन्न


 हिमालय खबर टेक्सास I   नोभेम्वर ०८ 
 ईन्द्रेणी सांस्कृतिक संघ र नेपाली सांगितीक तथा सांस्कृतिक समूहको आयोजनामा  बिजया दशमी तथा दिपावलीको शुभ-कामना आदान-प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा ईन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डे एवम् नेपाली सांगितीक तथा सांस्कृतिक समूहका संयोजक  हरि थापाले सवैलाई दीपावलिको शुभ-कामना दिनु भएको थियो भने कार्यक्रम संचालन इभेन्ट कोअर्डिनेटर रुपेश न्यौपाने र सांस्कृतिक कोअर्डिनेटर शार्दुला जोशीले गर्नु भएको थियो ।  
 
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एन. आर. एन. टेक्सासका ज्योती पाण्डेले शुभ-कामना गीतवाट सुरु गर्नु भएको कार्यक्रममा शौरभ भट्टराई र भीम थापाको गीतमा दर्शकहरु झुमेर नाचेका थिए । पटलकको स्वादिष्ट परिकारसंगै रमाएका दर्शकहरुलाई पञ्चेबाजाको धुनले आकर्षित गरेको थियो भने स्थानीय कलाकारहरु अस्मिता शर्मा, स्मृती लामिछाने, कृति अर्याल आदिले नृत्यगरि सबैलाई भरपुर मनोरंजन दिएको उक्त कर्यक्रमको स्पोन्सर अलष्टेट ईन्सुरेन्स कम्पनीकी अनुजा अर्यालले गरेकी थिइन् I