मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै (भिडियोसहित)

पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै (भिडियोसहित)


चितवन । संगीतमा स्थापित हुने प्रयासमा रहेका गायक आशिष बोहराको गीत ‘पानी पुरी खाने केटी’को लोकप्रियता बढ्दै गएको छ । युवापुस्ताको मन छुने र अहिलेको समाजसँग मिल्ने भाव गीतले बोकेकाले स्रोताले मन पराएको गायक बोहोरा बताउछन । गीतमा रवि मल्लको शब्द तथा सँगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई पनि दर्शकले निकै मन पराएका छन ।
 
भिडियो बिभोर पोखरेलको निर्देशनमा बनेको हो । स्वर्णिम र लिन्दाको अभिनय रहेको भिडियो अनिल के मानन्धरले खिचेका हुन भने जीवन थापाले सम्पादन गरेका हुन । गीतको अडियो भिडियोलाई भाइब्ज क्रियशनले बजारमा ल्याएको हो । गीतलाई छोटो समयमा नै दर्शक स्रोताले राम्रो रुचाएको भाइब्जका सञ्चालक परशुराम रिजालको भनाई छ । उनले गायक आशिष बोहरामा पनि गाउने अदभुत क्षमता रहेको बताए ।