मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

महानायकको पुरानो क्रेज जोगाउन बग्दैछ ‘बाग्मती’ (भिडियो सहित )

महानायकको पुरानो क्रेज जोगाउन बग्दैछ ‘बाग्मती’ (भिडियो सहित )


काठमाडौं । राजेश हमाल, यो नाम नेपाली चलचित्रलाई नजिकबाट चिनन्हरुको लागी कुनै नौलो नाम होईन् । त्यसो त राजेश हमाल र नेपाली चलचित्र एकअर्काका पर्यायबाची जस्तै भईसकेका छन् । नेपाली चलचित्र उद्योगको एक हस्ती र एक कालखण्डका मार्गधार हमालले नेपाली चलचित्र उद्योगको श्रीबृद्धीमा तथा पहिचान फाराकिलो बनाउनमा पुर्याएको योगदानको कदर स्वरुप दर्शकबाट महानायकको उपाधी पाईसकेका छन् । तर उनै महानायकको व्यस्तता पछिल्लो समय चलचित्रमा कम भेटिन्छ । यो बीचमा केहि बर्षयता नयाँ पुस्ताका कलाकारहरु नेपाली चलचित्र उद्योगमा भित्रिँदै गर्दा उनको बाटो समाएर तथा हमालकै क्रेज देखेर अभिनयमा लागेको बताउनेहरु पनि कम छैनन् । 
उनै हमाल पछिल्लो समय पर्दामा खासै जम्न नसकेको आरोप समेत लागिरहँदा विल्कुलै फरक परिवेश र फरक विषयबस्तुमा तथा अत्याधुनिक प्रविधीमा निर्माण भएको चलचित्र ‘बाग्मती’ युनिटले उनको पुनरागमनको आवाज बोकेर हमाललाई दर्शकमाझ ल्याउँदैछ । आउँदो पौष २४ मा रिलिज हुने चलचित्रको तर्फबाट हालै सार्वजनिक केहि प्रचार सामग्रीहरुले नै ‘बाग्मती’ले हमालको पुरानो क्रेजलाई पुनः हाईपमा ल्याउने आँकलन सुरु भएको छ । 
 
यसअघी सार्वजनिक टिजर र ट्रेलरले पनि यो चलचित्रमा महानायक हमालको दमदार एक्शन समेटिएको अनुमान छ । ‘महानायक ईज ब्याक’ नै स्लोगनसहित चलचित्र युनिट हमालको पुरानो क्रेजलाई जीवन्त बनाईख्नमा लागिपरिरहेको छ । हमालको अभिनय र चलचित्रप्रति धेरैको आशा बढी हुनु तथा चलचित्रप्रति कौतुहलता जाग्नुको पछाडी चलचित्रको निर्माण स्टाईल र निर्देशक छन् । भारतिय निर्देशक सन्नी केराला निर्देशित यो चलचित्र पुर्णतः साउथ ईण्डियन प्रविधीमा निर्माण भएको छ । अहिले पोष्ट प्रोडक्शनको क्रममा रहेको चलचित्रको आन्तरिक कामको लागी अहिले निर्देशक नेपालमा छन् । केहि दिन पहिले सार्वजनिक ट्रेलरलाई ‘यो तखासै केहि हैन्’ बोलेका उनै निर्देशकले दोश्रो ट्रेलर थप दमदार बनाएर दर्शकमाझ ल्याउने तयारीमा छन् ।
 
त्यसो त यो चलचित्रमा महानायक हमालसँगै अर्का पुराना नायक शिव श्रेष्ठले पनि स्थान लिएका छन् । ‘बाग्मती’को एक हिस्सा बनेर बर्षौंपछि नेपाली दर्शकमाझ उदाउँदै गरेका श्रेष्ठको पुरानो क्रेजले पनि उनलाई र नेपाली चलचित्रलाई माया गर्नेहरुकोलाई खुसी त दिएको छ नै, यसको प्रत्यक्ष प्रभाव चलचित्र रिलिजपछी सिनेमा हलमा देखिनेमा चलचित्रका प्रस्तुतकर्ता दिनेश दर्शनधारी र विजय सत्याल विस्वस्त छन् । अनिष नापित कार्यकारी निर्माता रहेको चलचित्रमा यसोधा राई, सुवर्ण महर्जन, अञ्जना भारी, सरस्वती दर्शनधारी र आयुष दर्सनधारीको पनि लगानी छ । प्रोडक्शन कन्ट्रोलर नागेन्द्र घिमिरे रहेको मुख्यतः एक्शन बोल्ने चलचित्र ‘बाग्मती’मा फाईट राजकुमार उप्रेतीको छ । 
 
चलचित्र नेपालमा अहिलेसम्म बनेका सबै चलचित्र भन्दा बढी लागतमा बनेको कुरानिर्माण युटिन दाबी गर्दै आएको छ । यो चलचित्रको बजेट साढे दुई करोड बराबर पुगेको निर्माताहरु बताउँछन् । महानायक राजेश हमालको साख र क्रेजलाई जीवन्त राख्ने लक्ष्यसहित चुनौती मोलेर दर्शकमाझ आउँदै गरेको चलचित्रले दर्शकमा कस्तो प्रभाव पार्छ, त्यो भने रिलिज पछि पुष्टि हुनेछ तर चलचित्रको निर्माण स्टाईल र बजेटमा कुनै कसरको कन्जुस्याईं निर्माताले नगरेको भेट्दा चलचित्रका खास केहि छ, यो कुरामा भने कसैको दुईमत देखिंदैन् ।