मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

धुमिल बनेको छवि बदल्दै चर्चित मोडल तिर्सना

धुमिल बनेको छवि बदल्दै चर्चित मोडल तिर्सना


काठमाडौँ । कुनैबेला बाथरुममा नुवाईरहेको तस्बिर सामाजिक सञ्जालमा हालेर एकाएक विवाद र चर्चाको शिखरमा पुगेकी नेपाली मोडलिङ्ग क्षेत्रकी चर्चित सदावाहार मोडल तिर्सना बुढाथोकी पछिल्लो केही समययता विल्कुलै नयाँ र पृथक् ढङ्गले अघि बढिरहेकी छिन् । 
 
विशेष गरी उत्तेजक हाउभाउ युक्त तस्बिर सोही प्रकारको अभिव्यक्तिका कारण बुढाथोकी चर्चामा आउने गरेकी छन् । तर गत वैशाख महिनामा नेपालमा गएको महाभूकम्पपछि उनी एकाएक फरक ढङ्गले सामाजिक काममा अघि बढेकी छन् भने उनका तस्वीरहरु पनि एकदमै पृथक् र समाजले पचाउन सक्ने ढङ्गले सार्वजनिक हुन थालेका छन् । महाभूकम्पका बेला  सिङ्गो देश रोइरहेका बेला तिर्सनाको धादिङ्ग स्थित घर पनि पूर्ण रूपमा ध्वस्त भयो । उनकी हजुरआमाले पनि महाभूकम्पमा नै परेर ज्यान गुमाउनुप-यो । त्यो राष्ट्रिय सङ्कटको घडीमा तिर्सना कर्मथलो काठमाडौँका कुना काप्चा होस् वा धादिङ्गका दूर दजार नै किन नहोस्, सम्भव भएसम्मका स्थानमा पुगेर भूकम्पले उत्पन्न गरेको घाउमा मल्हम लगाउने कोसिस गरिन् । 
 
अनि त्यस लगत्तै मुलुकमा भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा भएका राष्ट्रिय स्वधिनताको आन्दोलनमा उनी उनले राष्ट्रिय झण्डालाई उचो राख्दै आन्दोलनमा उनले आफूलाई सक्रिय रूपमा सहभागी गराईन् । त्यतिमात्रै होइन, काठमाडौँको मनमैजु क्षेत्रबाट महिलाहरूले निकाल्ने ¥याली र जुलसको नेतृत्व उनी आफैँले गरिन् । त्यतिबेलाको उनको यो अभियानलाई राष्ट्रिय सञ्चारमाध्यमले विशेष स्थान दिए । भारतको नाकाबन्दी जारी हुँदैगर्दा यतिबेला सबैतिर दसैँको मौसम छ । मोडल तिर्सना भने यतिबेला दसैँमा पूजा गर्ने शक्तिस्वरुपा नवदुर्गा भगवानीको विभिन्न स्वरूपसहितको फोटोसहित पुःन
सार्वजनिक भएकी छन् । 
 
आफूलाई फरक र समाजकै अभिन्न अङ्गको रूपमा रहेको भान गराउने उद्देश्यले उनले नवरात्रभर मनाईने नवदुर्गाका विभिन्न स्वरूपसहितको फोटो सेसन गरेकी छन् । नवदुर्गाको रूपमा आफूलाई सार्वजनिक गर्ने कोसिसमा रहेकी तिर्सनाको दुर्गा स्वरुपी फोटो यतिबेला विशेष गरी अनलाइन मिडियाको खुराक बनेको छ  । जनपुकार डटकमसँगको कुराकानीमा उनले आफूले निक्कै ठुलो मेहनत र खर्च गरेर यो फोटो सेसन गर्न सम्भव भएको भन्दै यसलाई सकारात्मक रूपमा लिन सबैलाई आग्रह गरिन् । उनले सार्वजनिक गरेका केही फोटो मध्ये दुईवटा फोटोमा देवीको रूप धारण गरेकी छन् भने एउटामा कालीमाताको रूप । उनले  सार्वजनिक गरेको फोटो मध्ये एकमा देवीको रूप धारण गरेर दानवलाई कुल्छिएकी छन् भने अर्को फोटोमा भगवान् शिवलाई कुल्चिएकी छन् ।
 
धर्मशास्त्रका अनुसार महिषाशुर दानवहरुलाई नास गर्दै क्रुर बनेकी कालीको रिस शान्त पार्न शिव भगवान् पनि लम्पासर परेको र पछि कालीमाले शिवलाई देखेपछि बल्ल रिस शान्त भएको किंवदन्ती रहेको र सोही अनुसार आफूले शिवलाई कुल्एिका प्रतिक्रिया उनले दिएकी छन् । धादिङ्गको सल्यानकोट गाविसमा जन्मिएकी तिर्सना समय सापेक्ष रूपमा आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने मनस्थितिमा देखिएकी छन् ।  
 
त्यसैले उनले आफूलाई समय अनुसार परिवर्तन गर्दै लगेको र अन्य काम भन्दा पनि समाजसेवालाई विशेष महत्व दिएको बताउँछिन् । दसैँको यो माहौलमा  अहिले कालीमाता र भगवतीको रूप धारणा गरेर फोटो खिच्ने मोडल बुढाथोकीले यसअघि नै केही गीत तथा चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । समाजका सामु उनको बारेमा हुने विभिन्न खाले टिका टिप्पणीका समुल नष्ट गर्न तिर्सनाले साँच्चै आउँदा दिनमा समाजका लागि कालीमाताकै भूमिका निर्वाह गर्छिन् गर्दिनन्, त्यो आउँदा दिनले देखउला ।