मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नाई नभन्नु ल ४ को गीत सार्वजनिक (फोटो फिचर / भिडियो सहित )

नाई नभन्नु ल ४ को गीत सार्वजनिक (फोटो फिचर / भिडियो सहित )


चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने चलचित्र नाई नभन्नु ल ४ को एक लोकभाका सार्वजनिक गरिएको छ । प्रेम परियारको आवाजमा समावेश मैना राजा मैना रानी बोलको गीत सार्वजनिक गरिएको हो । दसैं र तिहारलाई लक्षित गरेर यो गीत सार्वजनिक गरिएको हो ।
 
विकास आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रको गीतमा मुख्य कलाकार प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह र बर्षा राउत देखिएका छन् । साथमा नायिका केकी अधिकारी, गायक राजेशपायल राई, नायक संजोग कोइराला, हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला पनि देखिएका छन् ।
 
चलचित्रमा दिनेश पोख्रेल र हरिबोल भण्डारीको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको चलचित्रमा नृत्य निर्देशन छ । छायांकन सकिएको केही दिनमै निर्माणपक्षले गीत सार्वजनिक गरियोको कुरा अनलाईन खबरमा छापिएको छ ।