मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

जीवनको सबै भन्दा ठूलो कुरा आत्म सन्तुष्टि : उत्तम घोष

जीवनको सबै भन्दा ठूलो कुरा आत्म सन्तुष्टि : उत्तम घोष


चार्टरर्ड एकाउन्टेन छोडेर संगितमा चम्कदै उत्तम मानिसको जीवनमा सबै भन्दा ठूलो कुरा के हो ? उत्तर फरक फरक आउछ । कसैका लागि धन सम्पति  प्राथमिकतामा पर्ला । घर परिवारको मायालाई जीवनको सर्वोपरी ठान्नेहरु पनि भेटिन्छन । तर झापाली तन्नेरी उत्तम घोषका लागि भने जीवनको सबै भन्दा ठूलो कुरा आत्म सन्तुष्टि रहेको छ । त्यसैका लागि उनी आर्टरर्ड एकाउन्टेन भन्ने परिवारको धोकोलाई चटक्कै छोडेर संगितमा होमिए । झापा भद्रपुरका हरिदाष र भानुका एक्ला छोरा हुन उत्तम । तीन छोरी पछि  २३ बर्ष अघि घोष परिवारमा जन्मिएका उत्तमको बाल्यकाल पुलपुलाइमै वित्यो । गौतम बुद्ध प्राविमा प्रारम्भिक शिक्षा लिएका उत्तमले भद्रपुरकै भानु स्मृति आवासीय माविबाट प्रवेसीका उतृर्ण गरे । एक्लो छोरालाई चार्टरर्ड एकाउन्टेन बनाउने लक्ष्य सहित बाबु आमाले खर्च भरेर काठमाडौ पठाए । पहिलो बर्ष उनले राम्रै स“ग पढे पनि । ७८ प्रतिशत ल्याएका थिए । 
 
छोराको राम्रो पढदै गरेकोले  बाबु आमा  गद्गद् थिए । दोस्रो बर्षको पढाइ चल्दै थियो, तर उत्तम भने बेचइन ।  बाबु, आमा र दिदीहरुले सबै कुरा पु¥याएकै थिए । न त खर्चको कमि थियो न त मायाको नै । तर उनी झन् झन् अस्थिर बने ।  जीवनमा के नपुगेको के नपुगेको जस्तो । काठमाडौका गल्लीहरुले उनलाइ एकोहोरो बनाएको थियो ।  विस्तारै उनको साथीभाईहरुको दायरा फराकिलो हुदै थियो । यसै क्रममा संगितकर्मीहरु पनि उनको साथीको लिष्टमा थपिए । 
 
जीवनका बारेमा सोच्दै गर्दा एक दिन उनको हातमा पश्चिमा लेखक पाउलो कोयोलोको “दि अल्हेमिश्ट” हात प¥यो । त्यही  किताव घोष परिवारको सपनामा विद्रोही बन्यो । सपनालाई पछ्याउने युवकको बारेमा लेखिएको किताव हो दि अल्हेमिश्ट । त्यही किताव पढे पछि उनले परिवारको जानकारी विना नै चार्टरर्ड एकाउन्टेन अध्ययनलाई चटक्कै छोडेर संगित तर्फ लागे । काठमाडौ आए पछि बनेका साथीहरुले  गुनगुनाउदा उनी अनौठौ रुपमा आकर्षित हुन्थे । एकोहोरो पन हटे जस्तो । मन केही चंगा भए जस्तो । झापामा हुदा रेडियो, टेलिभिजनबाट गीत बज्दा कता कता मन छोए जस्तो हुन्थ्यो ।
 
म पनि गाउन सक्छु नी भन्ने, तर आ“ट आएको थिएन । परिवारको सपना त अर्के थियो । दि अल्हेमिश्ट पढे पछि मन केही खुकुलो भयो । त्यही बेला एक अग्रेजी दैनीकमा ज्याज कन्जरभेटरीको बारेमा लेखिएको थियो, पश्चिमा संगित स्कूल, ललितपुरमा भर्खरै खुलेको थियो । ज्याजको ढोका ढकढकाउन उत्तमले ढिला गरेनन् । “संगितमा लाग्नु पर्छ भन्ने सोच पहिला देखि नै थियो, तर त्यसैलाइ पेशा बनाउने आ“ट आएको थिएन्,  पढाइ विग्रन्छ भन्ने पनि भयो तर काठमाडौको ढेड बर्ष बसाइ पछि अब यसरी हुदैन भन्ने भयो र ज्याज पुगे ।” घर परिवारको जानकारी विना संगितमा होमिएका उत्तम आफ्नो अतित कोट्याउछन् ।  “शुरुका दुई महिना कसैलाई भनेको थिइन, विस्तारै दिदीहरुले थाहा पाउनु भयो, पहिला त लौ भाइ विग्रियो भन्ने भयो, सम्झाउनै गाह्रो, तर पछि ठिकै छ भन्ने भयो ।”
 
सन् २०११ मा पहिलो पटक  ज्याजमा  संगितको कखरा सिकेका उत्तमलाई त्यस पछि पछाडी फर्कनु परेको छैन् । अहिले उनी ज्याजमा नै संगित सिकाउछन् । ज्याज कन्जरभेटरीमा अहिले लगभग तीन सय जना नियमित संगित सिक्न आउछन् । एक बर्षे कोर्षमा गितार, पियानो, भाइलिङ, भोकल र प्रोडक्शन सबै पर्दछन् ।  उत्तम आफु  सिक्ने र अरुलाई पनि सिकाउने गर्दछन् । पा“च बर्ष देखि १२ बर्ष सम्मकालाइ दैनीक संगित सिकाउने उनको जिम्मा छ ।
 
“आफु पनि पढ्दै छु, अरुलाई पनि पढाउदै छु, यसो गर्दा झन् फाइदा हुदो रहेछ, सिकेको कुरा तत्काल व्यवहारमा लागु गर्न सकिने ।”संगित अहिले उत्तमको जीवनी बनेको छ । यसमै उनी अहिले पुरा समय व्यस्थ रहने गर्दछन् । ज्याज बाहेक काठमाडौका आधा दर्जन विद्यालयमा पनि उनी गितार बोकेर पुग्छन्, कलिलाहातहरुलाई गितारको तार रेट्दै मधुर धुन दिनका लागि । नेपालकै चर्चित संगित विद्यालय डोरेमीमा पनि उत्तम गितार संयोजको रुपमा कार्यरत छन् ।
 
छोटो समयमा एक पछि अर्को गर्दै सफलताको सिडी चढ्ेका उत्तम संगितको माध्यमद्धारा सामाजिक तथा चेतनामुलक कार्यक्रममा पनि उत्तिकै सक्रिय हुने गरेका छन् । महाभुकम्पले ल्याएको विनासका कारण प्रभावित बनेका बालकालिकाहरुका लागि सञ्चालन गरिएको “हेलिङ पिपुल विथ म्युजिक” नामक प्रोजेक्ट सफता पूर्वक सम्पन्न गर्न पनि उत्तमको सक्रियता उत्तम नै रह्यो । सो प्रोजेक्ट अन्र्तगत नेपालकै चर्चित व्याण्ड  १९७४ एडी ले  काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका गरि  आठ विद्यालयमा सांगेतिक प्रस्तुती गरिएको थियो । 
 
 चार्टरर्ड एकाउण्टेन बन्ने यात्रालाई चटक्कै छोडेर संगितमा होमिएकोमा उत्तमलाइ कुनै पछुतो छैन ।  “खुसी नै छु, मैले गलत निर्णय गरेको रहेछु भन्ने परेको छैन्, समाजले के भन्छ भन्दा पनि मनले चाहेको के हो त्यही गर्नु पर्छ, त्यसो भयो भने मेहनत  गरिन्छ र सफल भइन्छ ।” उनी अब संगितमा नै मास्टर डिग्रि पुरा गर्ने सोचमा छन् “संगितको अध्ययन गर्ने रहर अब झन बढेको छ, विदेशको कुनै नाम चलेको विश्वविद्यालयको डिग्री लिएर, ज्याजकै सहकार्यमा यो क्षेत्रमा खारिएर लाग्ने योजनामा छु ।अबको बाटो कति कठिन छ भन्ने प्रश्नमा  उनी भन्छन “अबको जेनेरेशन हाम्रै हो, समय सबैको आउछ ।”