मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कष्ट खेप्न तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं

कष्ट खेप्न तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं


आन्दोलन भन्ने जनता लडाउने र मराउने अनि गौर हत्याकाण्डपछि एकाएक ठूलो नेता बनेर सरकारी गाडीमा हिँड्ने उपेन्द्र यादवहरुको भोगविलास जीवनको सत्यता बुझ्नु आवश्यक छ ।
 
किनभने एउटा सत्य कुरा हो संविधानमा सीमा उनिहरुले भने जस्तै, तराईका जनताको नाममा उनीहरुले उठाएका सबै कुरा लेखिए पनि तराईका जनताको अवस्था यिनै व्यत्ति नेता भइरहे भने अझै दशकौं तराईका जनताले केही पाउनेवाला छैनन् । त्यसैले यस्ता शोषक नेतालाई देश बर्बादी गरेर रमाइरहेको यो बेलामा तराईबाट लखेट्नुपर्छ र जसको गुणगान गाइरहेका छन्, उसकै देशमा भगाउनुपर्छ । 
 
तराईका जनता र यता काठमाडौंतिरका केही बुद्धु बुद्धिमानहरु भनिरहेका छन् तराईसँग व्यापार र ईन्धन नकिनी सुखै छैन । कहिल्यै नेपालले अगाडि बढ्न सक्दैन भारतबिना । तर यति सामान्य कुरा पनि भुलेका छन् कि ती भारतका गुलामहरुले नेपालको ऐतिहाँसीक व्यापार र समृद्धिको आधार भारत होइन, चीनको तिब्बत थियो । चीनको तिब्बतहुँदै नेपालले गरेको व्यापारबाटै हाम्रो पुर्खाले समृद्ध नेपाल हामीलाई सुम्पेका थिए । बिगारेका हुन् भने यिनै मधेशी नेताको सत्ता आगमन र हालको सत्ता सम्हालिरहेका पहाडे शासकहरुले हो हामी तराई वा पहाड हिमालका कोही जनताले होइन ।
 
तराईमा आन्दोलन भन्दै तिनै नेता काठमाडौंमा भाषण गरिरहेका छन् । केही उता बसेका पनि सिमा पारि वा तराईकै सुविधासम्पन्न होटल सहित ठूलाबडाका घरमा दिनकै मासुभात खाँदै डकारिरहेका छन् । तर सोझा जनतालाई भने संविधानमा उनिहरुका केही अधिकार लेखिएको छैन भन्ने गलत प्रचार गर्दै बलिको बोका बनाइरहेका छन् । संविधानमा के लेखिएको छ भन्ने कुरानै थाहा नभएका जनतालाई प्रयोग गरेर अनेक तरहका नाटक मञ्चन भइरहेका छन् ।
 
संविधानमा के लेखिनुपर्छ ? के लेखिएको छ भन्ने कुरानै थाहा नभएकालाई आन्दोलनमा ल्याउनु भेंडा बाख्रा जम्मा गर्नु सरह हो भने आन्दोलनका नाममा कुरै नबुझि देश बर्बादीमा पार्ने अभियानमा जानु जानीजानी भिरमा गोरु हाम्फाले सरह हो । त्यसैले यस्तो बेलामा सबैले भनिरहेका छन् भिरमा जाने गोरुलाई रोक्न सकिन्छ काँध थाप्न सकिँदैन बरु रामराम भन्न सकिन्छ ।
 
बेलैमा सबैको चेत खुलोस् र राज्यले पनि अग्रसरता लिओस् सिमामा सय पचास उदण्ड देशद्रोहीलाई भेला पारेर देशनै अवरुद्ध बनाउने खालको काम गर्ने हरुवाहरुको भिंडलाई कि तलाओस् कि जसको भूमिमा सबेर ढुंगा मुढा गर्छन् उसैलाई जिम्मा लगाओस् । तर आन्दोलनका नाममा देश बर्बादी बनाउने र नेपालमाथि नाकाबन्दी गर्दै हस्तक्षेप गर्ने भारतीय विस्तारवादको मुकाविला गर्दै देश अगाडी बढोस् किनभने हामी जतिसुकै कष्ट खेप्न तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं ।