मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

केमसानको प्रभातफेरि

केमसानको प्रभातफेरि


काठमाडौं– केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन नेपालले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा प्रभातफेरि गरेको छ ।

 

त्रिपुरेश्वरस्थित केमसान केन्द्रीय कार्यलयबाट सुरु भएको र्याली सुनधारा, सहिदगेट भद्रकाली, स्वास्थ्यमन्त्रालय हुँदै त्रिपुरेश्वरमा गएको समापन गरिएको थियो । ‘केमसानको भावना, स्वास्थ्य क्षेत्रमा गुणस्तरको संभावना’, ‘स्वस्थ जनता, देशका निर्माता’लगायतका नारा उल्लेखित प्ले कार्ड बोकेर केमसानका सदस्यहरु र्यालीमा सहभागी भएका थिए ।

 

गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफूहरुले कहिल्यै सम्झौता नगरेको र नगर्ने केमसानका अध्यक्ष भक्त हमालले उक्त अवसरमा बताए ।