मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

गर्मीमा महिला र जाडोमा पुरुषले सेक्स गर्न रुचाउने

गर्मीमा महिला र जाडोमा पुरुषले सेक्स गर्न रुचाउने


एजेन्सी । लण्डनमा हालै गरिएको एउटा अध्ययनमा गर्मीयामको तुलनामा जाडोयाममा पुरुषहरु बढी सेक्स गर्न रुचाउने गरेको खुलासा भएको छ । हावर्ड विश्वविद्यालयले गरेको सर्भेका अनुसार पुरुषलाई सेक्सको चाहना चाडोयाममा बढी हुने गर्दछ । 
 
जाडो याममै पुरुषहरु सबैभन्दा बढी महिलातर्फ आकर्षित हुने गर्दछन् । यो सर्भे ११४ जना पुरुषमा गरिएको हो । सर्भेमा उनीहरुसँग महिलाप्रतिको आकर्षणसँग सम्बन्धित प्रश्न सोधिएको थियो । 
 
साथै उनीहरुलाई हरेक तीन महिनापछि महिलाको तस्वीर देखाएर उनीहरुको मानसिक स्थितिको जाँच गरिएको थियो ।
 
अध्ययनमा सामेल पुरुषलाई महिलाको दुई प्रकारको तस्वीर देखाइएको थियो । जसमा अनुहार र उनीहरुको शरीर र स्तनको क्लोजअप तस्वीर थियो । सर्भेमा पुरुषहरुले अनुहारप्रतिको सोच वर्षभरिमा कुनै परिवर्तन देखिएन । 
 
जबकि अर्को तस्वीर जसमा महिलाको स्तन र शरीरका अन्य भागको क्लोजअप देखाइएको थियो, त्यसमा भने उनीहरुको राय परिवर्तन भइरहेको थियो ।
 
वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ। यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ ।