मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

देशको आन्तरिक समस्याको निकास बार्ता र सम्बाद मार्फत देश भित्रै समाधान गर्न पनि आग्रह : हरिबोल भण्डारी

देशको आन्तरिक समस्याको निकास बार्ता र सम्बाद मार्फत देश भित्रै समाधान गर्न पनि आग्रह : हरिबोल भण्डारी


नेपालमा नया सम्बिधान जारी भए पश्चात् भारतले भुपरिबेस्ठित देश नेपाल माथी अन्याय पुर्ण अघोषित नाकाबन्दी लगाएको छ। दैनिक अत्यावश्यक बस्तु ग्यास ,तेल र ंखाध्यान्न लिएर नेपाल आउन लागेका हजारौ ट्रकहरु भारतले आफ्नो सिमामा रोकेको छ। यश कारण नेपालमा सर्बसाधारण नेपालिको दैनिक जनजीवन कस्टकर बन्दै गएको छ।
 
अहिलेको अघोषित नकाबन्दी अन्तरास्ट्रिय कानुन र पारबहन सन्धी बिपरित छ। ठुलो छिमेकी देशले भुपरिबेस्ठित मुलुकलाइ गरेको यस्तो व्यवहार अमानबिय र निन्दनिय छ। यो असल छिमेकी रास्ट्रले गर्ने व्यवहार होइन । अन्तत यस्तो कार्यले विश्व मन्चमा बढी भुमिका खोजी रहेको भारतलाइ नै हानी पुग्ने निस्चित छ।
 
नेपालको आन्तरिक मामिलामा भारतले कुटनैतिक मर्यादा बिपरित हस्तक्षेप गरेको यो पहिलो पटक भने होइन । पटक पटक दु:ख दिन हस्तक्षेपकारी कामहरु भएका छन । यस्ता कार्यले भारत र नेपालमा दिगो शान्ती , बिकास र स्थिरता चाहदैन भन्ने पुष्टि गर्दै आएको छ।
 
भारत प्रतिको बढ्दो निर्भरता कम गर्दै जानू पर्ने हाम्रो बाध्यात बनी सकेको छ।यथासिघ्र उपलब्ध श्रोत र साधनलाइ अधिकतम उपयोग गरि सबल र सक्ष्यम हुनु पर्ने भएको छ। यो भारत प्रतिको निर्भरता कम गर्ने चुनौती र अबसर पनि हो ।
 
देशको आन्तरिक समस्याको निकास बार्ता र सम्बाद मार्फत देश भित्रै समाधान गर्न पनि आग्रह गर्दछु।