मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अर्धचेत बिरामीको जग्गा अस्पतालबाटै पास गर्न खोज्ने ७ पक्राउ

अर्धचेत बिरामीको जग्गा अस्पतालबाटै पास गर्न खोज्ने ७ पक्राउ


काठमाडौं– काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा उपचाररत कीर्तिपुर मच्छेगाउँ बस्ने ६३ वर्षीय मंगलनारायण ग्वाछाको जग्गा पास गर्न अस्पतालमा कागजात गर्ने ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा ग्वाछाकी अविवाहीत कान्छी छोरी सबिना ग्वाछा, जग्गाको कारोबार गर्ने भक्तपुरका ४७ वर्षीय अर्जुन सैजु, ४० वर्षीय राजेन्द्रकुमार दाहाल, ग्वाछाका ज्वाई ४२ वर्षीय रत्ननप्रसाद छुच्याछी, अर्का ज्वाईं ४० वर्षीय रमेश पन्च, मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा डडेलधुरा घर भएका ३४ वर्षीय नरेश लोहार र काठमाडौं महानगरपालिकामा कार्यरत नायव सुब्बा ललितपुर सातदोबाटोका ४५ वर्षीय शम्भुनारायण राजभण्डारी रहेका छन् ।
 
ग्वाछा अचेत रहेको अबस्थामा कान्छी छोरी सबिना समेतको मिलेमतोमा उनीहरुले ४ जना छोरी र १ जना छोराको नाममा ग्वाछाको नाममा रहेको जग्गा पास गर्न अस्पतालमा बसेर कागजपत्र तयार गर्दै गरेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
 
बिरामी ग्वाछाको भने उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।