मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डा केसीका माग पूरा नगरे चिकित्सक संघ कडा आन्दोलन गर्ने

डा केसीका माग पूरा नगरे चिकित्सक संघ कडा आन्दोलन गर्ने


काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीसँग नेपाल सरकारले पटक–पटक सम्झौता गरेर त्यसको कार्यान्वयन नगरेर फेरि अनशन गर्न बाध्य भएको भन्दै नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ । 
 
बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै अक्षरस कार्यान्वयन गर्नुको सट्टा सम्झौतालाई नै तोडमोड गरी अत्यन्तै गैर जिम्मेवार कदम अगाडि बढाएको भन्दै भत्र्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको तर्फबाट पटक–पटक सम्झौता गर्ने तर सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट सम्झौतालाई तोडमोड गरिनु अत्यन्तै अशोभनिय कार्य हो ।’ 
 
सम्झौताको अक्षरस कार्यान्वयनका लागि डा. केसी सातौं पटक आमरण अनसन बस्न बाध्य भएको चिकित्सक संघको ठहर छ । नेपाल सरकारका प्रतिनिधिहरुसँग गरिएका सम्झौताको अविलम्ब कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न संघले नेपाल सरकारसँग माग गरेको छ । 
 
तत्काल माग पूरा नभए संघ कडा भन्दा कडा कदम चाल्न बाध्य हुने अध्यक्ष डा अन्जनी कुमार झा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ ।