मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

आउँदो हप्ता आधा दर्जन फिल्म नेपाली पर्दामा देखिने दाऊमा

आउँदो हप्ता आधा दर्जन फिल्म नेपाली पर्दामा देखिने दाऊमा


तीन नेपाली दुई अमेरिकन र एक हिन्दी ६ फिल्मले आउँदो शुक्रबारदेखि सार्वजनिक प्रदर्शनी थाल्ने घोषणा गरेका छन् । तर यति धेरै फिल्म कहाँ र कुन हलमा लाग्छन् सबैमा कौतुहलको विषय छ ।आउँदा शुक्रबार ‘चंखे शंखे पंखे’, ‘भाले फाइट’ र ‘कामचोर’ नामका नेपाली फिल्मले सार्वजनिक प्रदर्शन थाल्ने दाबी गरेका छन् ।
 
त्यसैगरि राजबल्लभ कोइरालाको अभिनय रहेको अमेरिकी फिल्म ‘हाइवे टु धम्पुस’ र सगरमाथा दुर्घटनामा आधारित हलिउड फिल्म ‘एभरेस्ट’ पनि शुक्रबार नै रिलिज हुँदैछन् । भारतका चर्चित कमेडियन कपिल शर्माको डेब्यु फिल्म ‘किस किसको प्यार करुँ’ पनि सम्भवतः शुक्रबार नै लाग्दैछ । यसरी आधा दर्जन फिल्मले एकसाथ रिलिज मिति घोषणा गर्दा दर्शक अचम्ममा परेका छन् ।
 
राजधानी बाहिर मधेश आन्दोलनका कारण पोखरा, नारायणघाट र हेटौंडा बाहेक स्थान ठप्प छन् । ३५ दिन देखि मोफसलको दैनिकी रोकिएको छ । यस्तोमा धेरै निर्माताले फिल्म कहाँ देखाउँछन् न दर्शकलाई पत्तो छ न वितरकलाई ।काठमाडौंमा हाल ‘वडा नं ६’ले सिंगल थिएटर मल्टिप्लेक्स सबैतिर कब्जा जमाएको छ ।
 
‘बडा नं ६’को आक्रामक व्यापार कारण हलिउड फिल्म ‘एभरेस्ट’ले समेत पर्याप्त पर्दा पाउने सम्भावना छैन ।