मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

विपिकेआइएचएसले नियमविपरित होस्टेल शुल्क मागेको विद्यार्थीको गुनासो

विपिकेआइएचएसले नियमविपरित होस्टेल शुल्क मागेको विद्यार्थीको गुनासो


धरान–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मास्टर्स अफ पक्लिक हेल्थ (एमपिएच) अध्ययन सकेका विद्यार्थीहरुले प्रतिष्ठानले नियम विपरित होस्टल शुल्क मागेर समस्यामा पारेको गुनासो गरेका छन् ।
 
एमपिएचको २०१३ ब्याचका विद्यार्थीहरुले सुरुमा भर्ना हुँदा र अध्ययन गर्दा कहिल्यै कतै उल्लेख नभएको होस्टल शुल्क अध्ययन सकिएपछि प्रति विद्यार्थी २ वर्षको ५८ हजारका दरले माग्न थालेपछि आफूहरु अचम्ममा परेको बताएका छन् । विद्यार्थीहरुका अनुसार त्यसअघिका विद्यार्थीसँग होस्टल शुल्क प्रतिष्ठानले लिने गरेकै थिएन । 
 
२०१३को ब्याचका विद्यार्थी भर्ना हुँदा पनि होस्टल शुल्क तिर्नु र्ने कतै उल्लेख थिएन भने प्रतिष्ठानले पनि कुरा गरेको थिएन । एक विद्यार्थी भन्छन् ‘प्रस्पेक्सटको एकेडेमिक फिमा होस्टल शुल्कको कुरा कतै उल्लेख थिएन, हामी भन्दा अघि पनि कसैले तिरेका छैनन् तर हामीलाई अन्तिम अवस्थामा आएर तिर्नुपर्छ भनेर दबाव दिइरहेका छन् ।’
 
प्रतिष्ठानमा एमपिएच अध्ययनका लागि अधिकांश धरान बाहिरका विद्यार्थी आउँछन् । अध्ययनका लागि आउने विद्यार्थीलाई प्रतिष्ठानले होस्टलको राम्रो व्यवस्था नगरेको र विद्यार्थीहरु विभिन्न समस्या सहेर बस्न बाध्य भएको उनिहरुको गुनासो छ । ‘होस्टलको राम्रो व्यवस्था नभएपछि आफूभन्दा सिनियर र जुनियरहरुसँग कोठा सेयर गरेर बस्यौं,’ एक विद्यार्थीले भनिन् ‘१८ जना बसेको ठाउँमा २ वटा ट्वाइलेट बाथरुम थियो । केटा र केटीले एउटै ट्वाइलेट, बाथरुम प्रयोग गर्दा धेरै समस्या हुन्छ । छुट्टै व्यवस्था छैन । प्रसासनमा भन्दा मिलाउँदै छौं भन्छन् तर कहिल्यै मिलाउँदैनन् ।’
 
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ भने एमपिएच अध्ययन गर्ने विद्यार्थीका लागि होस्टलको व्यवस्था नभएको बताउँछन् । होस्टलको व्यवस्था नहुँदा पनि खाली भएको बेला विद्यार्थीलाई सुविधा होस् भनेर उपलब्ध गराउने गरेको तर पहिला कसैले शुल्क नतिरेपछि हाल शुल्क लिने व्यवस्था कडा गरिएको बताउँछन् । 
 
उनी भन्छन्, ‘प्रस्पेक्टसमै विद्यार्थीलाई होस्टलको व्यवस्था गरिएको छैन । उनीहरु आफैंले म्यानेज गर्नुपर्ने हो । हामीले खाली भएको बेला मात्र दिएका हौं । त्यसको शुल्क तिनुपर्छ ।’