मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

तीज महिला र माया: बिटु केसी बराल

तीज महिला र माया: बिटु केसी बराल


अलिक ठुली हुदै आउन थाले पछि बिस्तारै तीज भन्ने बुझ्न थाले । आमा हामीले सारी लगाएर हिडेको देख्न मन पराउनु हुन्थ्यो । आमाको सारी छानी छानी लगाएर हिडन हामी दिदीबहिनी मन पराउथ्यौ । खासगरि सारी लाउन पाइने हुनाले पनि मलाई तीज मन पर्दथ्यो । अर्को कुरा " राम्रो पति पाइन्छ भक्ति भावले महादेवको पूजा अर्चना गर्यो भने " – आमा भन्नुहुन्थ्यो । म नसकी पनि महादेवलाई रिझाउन ब्रत बस्थे आमासँगै । करकाप थिएन भोग लाग्यो भने गुन्द्रुक भात पकाएर खाइदिन्थे आधा दिन मै । 
तीजको रातालुगा गहनाहरु पनि मेरा आकर्षणमा परेनन्। भीडभाड तीजका गीतहरुमा नी मन बसेन उत्ती । तर मार्मिक गीतहरु कानमा परिहाले आँसु आइहाल्छ । त्यसैले गीत नै सुन्दीन बरु ।
 
महादेवले आशिर्वाद दिनुभएछ सायद , बैवाहिक जीवन सुखद छ आजसम्म । आफुलाई बुझ्ने र माया गर्ने पति पाए वरदान त्यहि हुने रहेछ । 
सात समुन्द्र पारी मन जति नै लागे पनि माइती जान पाइने होइन ।बाबुआमा दिदीबहिनी र दाजुभाईसँगको त्यों तीजको स्वाद नै बेग्लै । बार वटा तीज विदेशमै मानियो माइती संझदै ।
 
कुमारीले असल पति र विबाहितले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व हो तीज । परम्परागत चाडपर्व मात्र होइन । हिन्दु धर्मग्रन्थ अनुसार पार्वतीको कठोर तपस्याले महादेव स्वामी पाएको प्रेमको प्रतिक दिन हो तीज ।
 
हामी महिला स्वभावैले सपर्मित हुन्छौ । आफ्नो प्रेमी, पति र बच्चाको निम्ति तन मन र धनले । पतिको स्वास्थ्य र दीर्घायु हाम्रो पहिलो चाहना हो । धार्मिक आस्था र विश्वासले निलाहार ब्रत बसे पतिको लामो आयु प्राप्त हुने अंधविश्वासमा अझसम्म छौ हामी । एक्काइसौ शताव्दिका महिला हामी आफैले यस्ता पुराना सोच र मान्यताहरु व्यवहारमा परिवर्तन गर्न आवश्यक छ । परम्परालाई त्यागौ भन्ने भनाई कदापी होइन । तर हाम्रा अमुल्य धरोहर यी परम्पराका असवल परिपाटीलाई समय अनुसार ढाल्दै जानु जरुरी छ । 
लुगा र गहना , श्रृंगार र सपिंग महिलाको कमजोरी बन्नु हुन्न । संस्कारको आडमा लाउने खाने आडंवर मौलाएको देख्दा मन खिन्न हुन्छ ।
 
हाम्रा यस्तै असीमित अनावश्यक चाहानाले आजको आधुनिकताको नाममा सम्बन्धहरु टुक्रिदै गएका छन् । थोरै सुझबुझ थोरै सावधानी मात्रै भएपनि घर स्वर्ग हुन्छ । लोग्नेको स्वास्थ्य एकदिनको भोको पेटले सकुशल हुने होइन । महादेवको वरदानले अजम्वरी पाउने पनि होइन । बरु लोग्नेले समयमै खाएको नखाएको ध्यान पुर्याउनु पर्छ । आजको व्यस्त जमानामा अझ खासगरी विदेशमा हुनेहरुको खानपिन अव्यवस्थित बनेको छ । कहिले धेरै कहिले खादै नखाने र बाहिर बाजारका खानेकुरा खाइरहदा नथापाउदो तरिकाले स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । श्रीमानले रेस्टुरेन्टमा लगेनन् भनेर नारिसाउनुस , फुर्सद मिलाएर घरमै ताजा परिकार बनाउनुस । ठिक्क बनाउनुस । फ्रीज़मा धेरै दिन राखेको खाने बानी त्याग्नुस । ताजा खानाले मन र मस्तिष्कमा ऊर्जा प्रदान गर्छ । स्वस्थ शरिर र मनले सधै सकारात्मक बाटोमा डोर्याउछ । अनि हासो र खुशीहरु खोज्न भौतारिरहनु पर्दैन । 
हामी संका र संकीर्णताको वशमा पर्छौ । लोग्नेलाई साना मसिना कुरामा गनगन गरीरहन्छौ । यसले थाहा नै नपाई नकारात्मक प्रभाव दिन्छ । स्वास्थ्यमा प्रतिकूल असर पार्छ । यो कुरा महिला मात्र होइन , पुरुषमा पनि लागु हुन्छ । लोग्नेले पनि आफ्नी पत्नीलाई माया र सम्मान दिनुपर्छ ।
 
भन्न खोजेको सार यही हो कि यथार्थमा साँचो प्रेम र समर्पण मुर्ति पूजा र ब्रतमा होइन हाम्रा आचरण र ब्यवहारमा हुनुपर्छ । आफ्नो प्रियतमलाई मायाको डोरीले सकेसम्म कस्नुस् । मायाको डोरीलाई फलामे सांग्लोको बंधन सम्झेर तोड़ने प्रेमी या पतिकोलागि भौके बसेर पूजा पाठ गर्दै देवीदेउता भाक्न छोडीदिनुस । पहिले भरोसा र आत्मसम्मान गर्नुस आफैलाई । तीजको सबैलाई शुभकामना ।
 
ह्युस्टन,टेक्सस