मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चलचित्र क्षेत्रमा जम्दैछन् चितवनका विक्रम (फोटो फिचरसहित)

चलचित्र क्षेत्रमा जम्दैछन् चितवनका विक्रम (फोटो फिचरसहित)


चितवन । चितवनको भरतपुर–१७ स्थित मंगलपुरका विक्रम कँडेल मोडलिङमा जमेका छन् । हाल बीबीएस तेस्रो वर्षमा अध्ययनरत विक्रमले आफूलाई अगाडि बढ्न घरपरिवारकै सहयोग रहेको बताउँछन् । 

‘मेरो ममी र बाबाले सधैँ मैले स्कूलमा गर्ने कार्यक्रमहरु हेर्ने गर्नुहुन्थ्यो र घर आएपछि मेरो तारिफ गर्ने गर्नुहुन्थ्यो । म सानैदेखि नाटक र डान्समा रुचि राख्थे । गाउँघरमा केही कार्यक्रम हुने भयो कि मेरो नाम पहिले आउँथ्यो । मैले गर्ने नाच र नाटकले दर्शकलाई प्रभावित गर्दथ्यो । कति त घरसम्म नै भेट्न आउँथे’, विगतको आफ्नो प्रतिभा उनी सुनाउँछन् ।

modeling२०५० सालमा भउमनपा लक्ष्मीपुर, लंकुमा बुबा रामप्रसाद कँडेल र आमा पार्वती कँडेलका कान्छा छोरा विक्रम सानैदेखि चञ्चले स्वभावका थिए ।

सानैदेखि कलाकारितामा रुचि भएका उनी भविष्यमा कलाकार बन्ने सोच लिएर अगाडि बढेका थिए । जब उनले एसएलसी सके, उनले ११ कक्षा पढ्ने बेलामा नै कमल खत्रीको ‘मन चङ्गा चङ्गा भो’ गीतबाट आफ्नो जीवनकै पहिलो म्युजिक भिडियोमा प्रवेश पाए । 

उक्त भिडियो अत्यन्त राम्रो भयो । त्यसपछि अन्य ठाउँबाट पनि माग आउन थाल्यो । लगत्तै उनले १–२ वटामा अभिनय गरे तर ती गीतहरु सोचेअनुरुप राम्रो हुन सकेनन् ।

हाल उनले टंक बुढाथोकीको गायन, म्युजिकमा र शोभित बस्नेतको निर्देशन रहेको ‘मेरो भागको खुसी’ भन्ने गीतमा अभिनय गरेपछि उनको चर्चा चुलियो । उनको अभिनयको तारिफ झनै बढ्न थाल्यो । यो गीतले नेपालभर नै सफलता हासिल ग¥यो । 

मोडलिङमा जमे पनि व्यापारलाई पनि सँगसँगै अगाडि बढाइरहेका उनी मोडलिङमा कमाइ भए पनि व्यापारलाई आफ्नो कर्म मानेका छन् । ‘मोडलिङ गरेर परिवार चल्न गाह्रो छ’, उनी भन्छन्, ‘त्यसैले व्यापार मेरो लागि अपरिहार्य छ ।’ 

व्यापार र मोडलिङलाई कसरी सँगसँगै लैजानुहुन्छ भन्ने जिज्ञासामा उनी समय निकालेर मोडलिङलाई अगाडि बढाउने र धेरै समय दिनु परे बुबाको सहयोग लिने बताउँछन् । 

भर्खरै उनको नयाँ गीत ‘परेलीमा मेरा आँसु’ नायिका निता ढुङ्गानासँग आएको छ । सो गीतका गायक एनपी खरेल हुन् भने निर्देशन दीपक खाँडले गरेका हुन् । अहिले यो गीत निकै चर्चामा आएको छ । 

कँडेल मोडलिङमात्र नभई चलचित्रमा पनि देखा पर्न थालेका छन् । ‘होस्टल रिटन्र्स’मा छोटो भूमिकामा देखिएका विक्रमले अविनाश गजुरेलको निर्माण र विमल पौडेलको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’मा सहनायकको भूमिकामा देखिएका छन् । bikram kandel

लगत्तै दसैँअगाडि २ वटा म्युजिक भिडियो सक्ने उनको लक्ष्य छ । केही चलचित्रमा ‘अफर’ आए पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको उनी सुनाउँछन् । निकट भविष्यमा आफ्नै व्यानरमा चलचित्र निर्माण गर्ने योजनासमेत उनको छ । 

चितवनबाट नै बनेका केही चलचित्रहरुमा धेरै पटक खेल्न अनुरोध भए पनि उनी थोरैमा देखिने तर राम्रो प्रभाव पार्ने किसिमको भूमिका गर्ने धारणा राख्छन् । 

‘लभ स्टोरी’ चलचित्र मन पराउने विक्रम पनि आफूलाई चकलेटी र लभर ब्वायको भूमिकामा प्रस्तुत हुन चाहन्छन् । तर परिआए जस्तोसुकै भूमिकालाई पनि न्याय दिनसक्ने उनको विश्वास छ । आफ्नो आइडल नायक भुवन केसीलाई लिने गरेका उनी यो क्षेत्रमा राम्रोसँग अगाडि बढ्नको लागि अभिनय जानेको खण्डमा सफल हुनुका साथै टिकिरहन सकिने बताउँछन् ।