मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

डाक्टर साब ! आफ्नी श्रीमती र छोरीको कोखमा पनि विदेशीको विर्य राख्न सक्नुहुन्छ ?

डाक्टर साब ! आफ्नी श्रीमती र छोरीको कोखमा पनि विदेशीको विर्य राख्न सक्नुहुन्छ ?


बिगत केही दिनदेखि रातोपाटीमा मैले सरोगेसीसम्बन्धि समाचार पढिरहेको छु । महिला भएको नाताले यसले मलाई ज्यादै चिमोटेको पनि छ ।
 
पैसाका लागि मानिसहरु जे पनि गर्दा रहेछन् भनेर मन पोलिरहेको छ । समाचारमा पढेअनुसार नेपालमा गैरकानुनी भएपनि सरोगेसी भइरहेको रहेछ र त्यसमा नेपाली महिलाहरुलाई पनि समावेश गराइएको रहेछ । हुन त हाम्रो सरकार र नीति पनि त्यस्तै नै छ ।
 
स्वास्थ्य मन्त्रालयले आफ्नो स्वास्थ्य नीतिमा बाँझोपनालाई सरोगेसीका माध्यमबाट हटाइनेछ भनेको छ । तर स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिवहरुले बाँझोपना र सरोगेसी एउटै कुरा होइन भनेर बुझेका रहेनछन् । बरु टेष्ट ट्युब पद्धतिबाट हटाइनेछ भन्नुपथ्र्यो । र यस्तै नीतिका कारण यहाँ समस्या भइरहेको छ ।
 
म रुप ज्योतिलाई असाध्यै सम्मान गर्छु । शान्तिका लागि विपश्यना गराउँछन् उनी र कहिलेकाहीँ टिभीहरुश्रमा पनि यनको विपश्यना हेर्छु । तर मानिसहरु बाहिर जस्तो देखिन्छन्, भित्र त्यस्तो हुने रहेनछन् । 
 
रुप ज्योतिलाई नपुग्ने के थियो र तर पनि उनी यस्तो गैरकानुनी र गैरसामाजिक धन्दा गर्दा रहेछन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पाण्डे विभिन्न सामाजिक तथा हकहितमा काम गर्ने ओम अस्पतालका डाक्टर भोला रिजाल, भेनस अस्पतालका डाक्टर नारायण ढकालहरुले किन यस्तो धन्दा चलाइरहेछन्, मलाई अचम्म लागिरहेछ । यतिसम्मकि रुप ज्योतिले त सरोगेसी राम्रो हो समेत भनेछन् । अन्य डाक्टरहरुले पनि सरोगेसीका विषयमा लाइसेन्स पाए वैधानिकरुपमै काम गर्ने भनेछन् ।
 
एक पाठक र शुभचिन्तकको हिसाबले ग्राण्डी सिटी क्लिनिकका डाक्टर रुप ज्योति, ग्राण्डी अस्पतालका डाक्टर चक्रराज पाण्डे, ओम अस्पतालका डाक्टर भोला रिजाल र भेनस अस्पतालका डाक्टर नारायण ढकाललाई मेरो प्रश्न छ, के पैसा पाए तपाइँहरु आफ्नी श्रीमती, छोरी र भाञ्जीहरुको कोखमा विदेशीको विर्य राखेर गर्भाधान गराउन सक्नुहुन्छ ? 
 
सक्नुहुन्छ भने भन्नुस् त्यसका लागि कति पैसा लिनुहुन्छ ? यदि सक्नुहुन्न भने अरुका श्रीमती, छोरी र भाञ्जीहरुको गर्भमा विदेशीको विर्य राखेर गर्भाधान गराउने काम बन्द गर्नुस् । यस्तो नाजायज कामका विरुद्ध सबैले आवाज बुलन्द पारौँ । नारीवादी संघसंस्थाहरु अहिले कहाँ के गरिरहेका छन् । 
 
डलर, भारु र क्रोनरहरुले मात्रै तपाइँहरु चल्ने हो कि आफ्नै स्वविवेक पनि छ तपाईहरुसँग ? खै त तपाईहरुको सक्रियता ? । यी तमाम सवालहरुको जवाफ सक्नुहुन्छ र मिल्छ भने म तिनै डाक्टर र अस्पतालमार्फत् खोजिरहेको छु ।
 
महत्वपूर्ण खोज पत्रकारिताका लागि पत्रकार मदन ढुंगानाजीलाई धन्यवाद, प्राथमिकताका साथ समाचार छाप्ने रातोपाटी डट कमलाई पनि धन्यवाद । यस्तै गहन र महत्वपूर्ण विषयमा निरन्तर समाचारको अपेक्षा गरेकी छु ।
 
रातोपाटी डट कमबाट साभार