मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भारतीय मोडलद्वारा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग शारिरिक सम्बन्ध बनाएको स्वीकार

भारतीय मोडलद्वारा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग शारिरिक सम्बन्ध बनाएको स्वीकार


बलिउड फिल्ममा समेत काम गरेकी भारतीय मोडल अर्शी खानले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग आफूले शारिरिक सम्बन्ध कायम गरेको स्वीकार गरेकी छन्। 
 
उनले आफ्नो ट्विटरमार्फत उक्त कुरा स्वीकार गरेकी हुन्।
ट्वीटमा अर्शिले 'कसैसँग शारिरिक सम्बन्ध राख्न भारतीय मिडियाको अनुमती लिनुपर्ने हो' भन्ने प्रश्न गरेकी छन्।
 
विगत केही समयदेखी पाकिस्तान क्रिकेटका अलराउण्डर एवम् टि-ट्वान्टी टोलीका कप्तानसँग डेट गरिरहेको र दुवईको एक सात तारे होटलमा दुई दिन बताएको भन्ने खबरहरु बाहिरिएका थिए।
 
यसअघि पनि अर्शीले दाइजो उत्पीडन गरेको आरोप लागेकी धर्मगुरू राधे मांले सेक्स र्‍याकेट चलाउने गरेको आरोप लगाएकी थिइन्। उनले राधे मांका एक व्यापारिक साजेदारसँग भएको छलफलमा उनलाई सो र्‍याकेटमा सहभागी हुन प्रस्ताव गरेको बताएकी थिइन्। -एजेन्सी