मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक विनय श्रेष्ठले इंगेजमेन्ट गरे

नायक विनय श्रेष्ठले इंगेजमेन्ट गरे


अभिनेता विनय श्रेष्ठले इंगेजमेन्ट गरेका छन् । उनले काठमाडौं निवासी एनी थापासँग बुधबार टीकाटालो गरेका छन् । पारिवारिक माहोलका बीच बुधबार राती भएको कार्यक्रममा विनय र एनीले औंठी साटासाट गरेका थिए । टीकाटालो कार्यक्रम विनयकै स्कुल त्रिपुरा बोर्डिङ स्कुलमा सम्पन्न भएको स्रोतले बतायो ।
 
टीकाटालोमा विनय निकट एक दर्जन कलाकर्मीको मात्र सहभागिता रहेको थियो । विनय र एनीले करिब दुई वर्षदेखिको चिनजानलाई सम्बन्धमा रुपान्तरण गरेको पनि स्रोतले बतायो ।
 
एनीसँग सम्बन्धमा रहनु अघि विनय अभिनेत्री ऋचा शर्मासँग अफेयरमा थिए । दुवैले मिलेर ‘भिजागर्ल’ नामको फिल्म पनि बनाएका थिए । तर फिल्मसँगै उनीहरुको सम्बन्ध पनि फ्ल्प भएको थियो, अर्थात् दुवैको ब्रेक अप भएको थियो ।
 
विनयले त्यसपछि निर्माण गरेको फिल्म ‘रेशम फिलिली’ हाल हलमा चलिरहेको छ ।एनीले बेलायतमा अध्ययन गरिरहेको बुझिएको छ ।