मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

एफ१ र बि२ जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमा ? विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

एफ१ र बि२ जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमा ? विनोद रोका, एर्टनी एट ल, न्यूर्योक


३ सेप्टेम्बवर २०१५ का दिन अमेरीकी अद्यागमन बिभागले एफ१,बि२ र एच१बि जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमारु  भन्ने बिषलाई लिएर FAQs प्रकाशित गरेको छ। यो सुचनाले  टिपियस लिएपछि एफ१,बि२ जस्ता ननईमिग्रेण्ट भिषाको अबस्था कस्तो हुन्छरु  भन्ने प्रश्नहरुको केही हदसम्म समाधान गरेको छ।
 
अमेरीकी सरकारको अद्यागमन बिभागले जुन २४, २०१५ मा प्रकाशित गरेको सुचना अनुसार नेपालमा अप्रिल २५, २०१५ मा गएको महाभुकम्पको कारणले नेपालमा गै बसोबास गर्न असुरक्षित भएको हुदा अमेरीकामा रहेका नेपाली नागरिक वा नेपालमा बसोबास गरेका राज्यविहिन तर अमेरीकामा जुन २४, २०१५ सम्म आई सो दिन देखि लगातार रुपले यहि बसोबास गरिरहेका फेलोनी अर्थात संघिन अपराध तथा केही अन्य तोकिएका सानातिना मिसडिमिनियर अपराध गरेका व्यक्तिहरु बाहेकलाई डिसेम्बर २४, २०१६ सम्मका लागि मानवियताको आधारमा अस्थायी रुपबाट अमेरीकामा बस्ने र काम गर्ने अनुमति दिने भनिएको छ। यो सुविधा पाऊनका लागि योग्यता पुग्ने व्यक्तिहरुले सप्रमाण डिसेम्बर २१, २०१५ सम्ममा नियमानुसार तोकिएको स्थानमा फर्मभरी पठाऊनु पर्दछ। यो समय पछि पुग्ने निवेदन उपर कार्वाही हुदैन।
 
यो सुचना प्रकाशित भएपछि अमेरीकामा एफ१, बि२, एच१बी जस्ता ननईमिग्रेण्ट अर्थात अस्थायी भिषामा बसीरहेका व्यक्तिहरुले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैनरु लियो भने अस्थायी भिषालाई कस्तो असर पार्दछरु भन्ने प्रश्नहरु आईरहेका छन। त्यस्तै अर्को प्रश्न भनेको ओभरस्टे भएका अनि अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भै कार्यान्वयन हुन मात्र बाकी रहेका, विथहोल्डींग पाएका अनि हाल अद्यागमन अदालतमा शरणार्थीको मुद्दा बिचाराधिन अबस्थामा रहेका व्यक्तिहरुले यो सुविधान लिएको अबस्था के हुन्छरु भन्ने अरु प्रश्नहरु पनि आईरहने प्रश्नहरु हुन। यस बिषयमा अर्को लेखमा चर्चा गरिने छ।एफ१, बि२, एच१बी भिषाको बिषयलाई लिएर अमेरीकी अद्यागमन बिभागले एफएक्यु मार्फत दिएको जानकारी अनुसार यस्ता भिषा भएका व्यक्तिहरुले पनि टिपियसको सुविधा लिएर यी दुबै स्टाटसलाई संगसंगै लान सक्दछन तर यसरी दुबै अस्थायी स्टाटसलाई एकैसाथ लिएर जानका लागि ऊक्त व्यक्तिले दुबै अस्थायी भिषाको प्रकृती अनुसार ती भिषामा तोकिएका शर्तहरु पनि पालना गनु पर्दछ। यसरी दुबै स्टाटसलाई बचाऊने क्रममा कुनै एउटा स्टाटसमा तोकिएका शर्तको ऊलंघन भएमा ऊलंघन भएको स्टाटस रहन नसक्ने अवस्था रहन्छ। तसर्थ एफ१ स्टाटसमा रहेका विद्यार्थीहरुलाई टिपियसको सुविधान लिदाको अवस्थामा आफु अध्ययनरत विश्वविद्यालयको डिएसओ वा अद्यागमन एर्टनीसंग सल्लाह लिन सुमmाब दिइएको छ। 
 
यस्का साथै एफ१ स्टाटसमा रहेका नेपाली विद्याथीहरुलाई भुकम्प आई आर्थिक कठिनाई परेको कारण देखाई क्याम्पस बाहिर काम गर्नका लागि अनुरोध गरेमा प्राथमिकता दिई निर्णय गरिने जानकारी पनि अद्यागमन विभागले गराएको छ।अद्यागमन विभागले प्रकाशित गरेको यो जानकारीले टिपिएसको सुविधा लिने कि नलिनेरु भन्ने बिषयको निर्णय गर्ने अधिकार सुबिधा माग गर्ने व्यक्तिलाई नै छाडेको छ। यो जानकारीलाई हेर्दा ननईमिग्रेण्ट स्टाटस भएका व्यक्तिहरुले दुईधार भएको तरबारमा हिडनुपर्ने जस्तो देखिन्छ। जस्तो कि बि२ भिषामा रहेको व्यक्तिले टिपिएसबाट कामगर्ने अनुमतिपत्र लिएर काम गरेमा निजको बि२ भिषा रहदैन किनकि यो भिषामा रहने व्यक्तिले अमेरीकामा काम गर्नै मिल्दैन। त्यस्तै एफ१ स्टाटसमा रहेको विद्यार्थीले टिपिएस लिए पनि एफ१ विद्यार्थीको हैसियतले लिनुपर्ने के्रडिट कोर्श लिनुपर्दछ। नलिएको अबस्थामा एफ१ स्टाटस रहदैन। यद्यपि दुबै ननईमिग्रेण्ट स्टाटसलाई नविगारिकन साथैसाथै लान सकिने सम्भावना पनि रहन सक्दछ र कतिपय अबस्थामा व्यक्तिको परिस्थिती अनुसार टिपियस लिनु ऊचित पनि हुन्छ। तसर्थ यस्तो गहन बिषयमा सुविधा पाऊनका लागि तुलनात्मक अध्ययन गनुपर्दछ वा अनुवभ प्राप्त अद्यागमन कानुन व्यवसायीको सल्लाह लिनुपर्दछ अद्यागमन विभागले भनेमmै।  गुगल सर्च र टेलिफोनको सल्लाहले उत्तर खोजेर सुविधा लिने कि नलिने भनि निर्णय गर्नु सधै ऊचित नहुन पनि सक्छ। 
 
 (बिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा www.binodlaw.com ,[email protected]  मा सम्पर्क राख्न सक्नुहुने छ।)