मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

देशभक्त्तिको मानक: नारायण तिमल्सिना

देशभक्त्तिको मानक: नारायण तिमल्सिना


युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र भएका (डी,भी र पिआर) कर्मचारीहरुलाई २ मध्ये एक रोज्ने कनूनी   पुनबर््यबस्थामा रास्ट्रपतिको  सदर पछि मन्त्रीले ठुलो बिजयोत्सब मनाउदै  देस बिगारेकै  युरोप  र अमेरिका  बस्ने स्थाई अनुमति पत्र लिएका एकाध सय  हाराहारीका  कर्मचारीले  गर्दा हो  ति सबै  भ्रस्ट अनैतिक र देशद्रोही  हुन् भनी आरोपित गर्ने खुसियाली पुर्वक मिठाई  बाड्ने अब देशले विकासको फड्को मार्ने,आफु सबभन्दा देश भक्त र निस्कलंक भनि प्रचारित हुने काम भै रहेकोछ। देशको प्रगति र बिकासको बाधक प्रसासनतन्त्रको समस्याहरु   भ्रस्टाचार कमिसनखोरी तथा अनैतिकताको जड युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र भएका (डी,भी र पिआर) कर्मचारीहरु हुन,देशको समस्या काडो झिके सरि समाधान भयो,अरु समस्याहरु चाहि छदै  छैनन।अब साचिकै नेपाल बिकसित  सभ्य र सुसंस्कृत बन्छ भन्ने जस्तो भ्रम जनमानसमा छरियको छ ।
 
युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र भएका (डी,भी र पिआर) कर्मचारी हरुलाई २ मध्ये एक रोज्ने पुर्वनीति र नियमहरु पालना नगर्ने नगराउने अनि पुनर्ब्यबस्था या संसोधनलाइ संसार जितेझै प्रचार गर्ने,प्रसासन र सासन यन्त्रको प्रमुख समस्या पहिचान सामना  या निदान गर्न नसक्ने  कम प्रभवि तर सजिलै कार्यान्यनमा ल्याउन सकिने समस्यालाइ ठुलो समस्या भनेर प्रचारित गर्नुले  व्यक्तिको ढोका चहारेर भजन गाएर  या झोला बोकेर पद र अवसर पाइन्छ भनि ठान्ने  नेपाली आरिसे  मानसिकताहरुमा मलजल पुगेको छ । योग्य क्षमतावान र स्वाभिमानीलाइ आरोपित गर्दै केहि स्वोनामधन्य बरिस्टहरुले पनि सलामी र भजन गाउदा तथ्य मेटाउन र मुख्य समस्याबाट  भाग्न मद्दत  पुगेको छ। खास समस्याहरु ओझेल पर्न गएका छन। वास्तविक समस्याले झन् बिकराल रुप लिइ  रहेको छ।
 
चरम राजनीति ,भ्रस्टाचार, कमिसन,खोरी तथा अनैतिकताको  जड के हो त्यसको  पहिचान  सामना  या निदान तिर ध्यान दिनु भन्दा डि भी  र पी आर  सबन्धि कम प्रभावी समस्यालाइ बोकेर राम्रो भनिने  देखिने  र सुनिने प्रचारको लालसाले  नारायणीमा बगाय हुन्छ  भन्ने धरणा आउनु कतै भ्रमित बिस्वास  सिकाई र बुझाई को प्रतिछाया त हैन भन्ने प्रश्न उब्जिएको छ र देशको प्रगति र बिकासको बाधक  प्रसासन्तन्त्र भित्रका  चरम राजनीति ,ढिला सुस्ती भ्रस्टाचार कमिसन खोरी एबम अनैतिकतालाइ नजरअन्दाज गरि मुख्य समस्या बाट भाग्ने काम भएको छ र समस्याको प्रभाव र असरको अध्यन बिना राम्रो गनिन डि भी  र पी आर  सबन्धि तथ्यहीन कुप्रचारले चरम राजनीति ,ढिला सुस्ती भ्रस्टाचार कमिसन खोरी एबम अनैतिकताजस्ता समस्या  चाहि देश भक्तिको मानक ठानिएको  त् हैन भन्ने आशंका पैदा भएको छ । आत्मतुस्टिका लागि गरियको प्रतिसोध पूर्ण कामले अनाबस्यक प्राथमिकता र प्रचार पाउदा मुख्य जडलाइ   माहामारी जसरी फैलने मौका मिलेको छ।
 
१) राजनीति मुक्त प्रसासनस्( पार्टी पिच्छेको कर्मचारी संगठनहरुको पसल खोल्ने तिनको आडमा मन्त्रि र नेतासंग सहकार्य गर्ने करदाता मालिक जनता भन्दा पार्टी,तिनका नेताको चाकरीमा अहोरात्र खट्ने,पार्टीको पदमा बस्ने तर सेवा ग्राहीलाइ  विभेद गर्ने र प्रताडित बनाउने कार्य, पार्टीगत पहुचका आधारमा सरुवा बढुवा पदोन्नति गर्ने योग्य इमान्दार र निस्पक्ष  कर्मचारी लाइ पिडित  र अपहेलित बनउने परिपाटी  प्रमुख समस्या  थियो तर  यता तर्फ आँखा  चिम्लने,आफुलाई मन परेको  कर्मचारी  संगठन मार्फत अनैतिकताले झन् प्रोत्साहन पाउने कार्यले अझ बढावा पायो। कानुनमा प्रस्टसंग व्यवस्था गरियको छ  “राजनीतिक दलको सदस्य भएमा वा रानीतिक दलको कार्यक्रममा प्रतक्ष संलग्न  भएमा जागिर बाट हटाइने  छ “ तर एमाले पार्टीको महाधिबेसनमा सरकारी कोष बाट तलब भत्ता र सुबिधा लिएर ढाडियका कार्यालयमा हाजिर हुने तर पार्टीको महाधिबेसनमा  भागलिने कर्मचारी  संगै मन्त्रीले भाग लिएर बिद्धमान काननको खिल्ली उडाएको  टेलिभिजनको  दृश्य   साचिकै अस्लिल देशद्रोहीताको नमुना थियो तर कानुन बिरोधि कार्यलाइ देश भक्तिको मानक  बनाउन खोजियो।
 
२) कार्यालय समयमा कर्मचारीको उपस्थितिस्(  कार्यालयमा कर्मचारी बिहान ११.०० बजे  जाँदा चाडै किन आएको कर्मचारी यति चाडै आउदैनन  १ बजे जादा किन ढिलो आहेको भन्ने परिपाटी अझ बढेको छ। एउटा सानो कामका लागि  हप्तौ धाउनु पर्ने करदाताको मर्कालाई ध्यान दिएर १०.०० देखि ५.०० सम्म कर्मचारी  रहने  व्यवस्था गर्ने अनुगमन गर्ने दण्ड र सजाए दिने तिर ध्यान गएन भोलि पर्सिको परम्परा लाइ हटाउने तर्फ ध्यान दिनु पर्थ्यो कि पर्दैनथ्यो ?
 
३) निस्पक्षता स्(  कर्मचारी  हरुमा राजनैतिक पहुच चाकरी अनमियता पैसाका आधारमा सरुवा बढुवा तथा पदोन्नति हुने परिपाटीले जरा  गाडेको छ अवसर हरुको असमान बाडफाड निस्पक्ष  चुस्त दुरुस्त र प्रभावकारी प्रसासन  बनाउने र जनताको विश्वास जित्ने तिर पनि ध्यान दिनु जरुरि थियो यता तिर  ध्यान गएन झन् पक्षपातपूर्ण ब्यबहार भएको भनि मातहतका कर्मचारीबाट सामान्य प्रसासन मन्त्रालयका  उपल्ला कर्मचारी माथि दुर्ब्यबहार हुनु  एकै प्रकृतिका दुइटा व्यक्तिमा  यौटालाइ दबेटने  अनि अर्कोलाइ पार्टीको कार्यकर्ता भएको कारण  कमाउ  मन्त्रालय  गृहमा सरुवा गर्नु पक्षपात पूर्ण ब्यबहार चाहि अनैतिकतामा पर्दैन र ?
 
४) भ्रस्टाचार रहित नैतिकवान प्रसासन स्(  हरेक क्षत्रमा भ्रस्टाचार कमिसन र घुस खोरिले जरा गाडेको छ कार्यालय योजना योजना हरेक ठाउमा भ्रस्ट र अनुसासन हिन हरुको दबदबाछ तिनीहरुको व्यवहारका कारण सरकारी  सेवा प्रति जनतामा अविस्वास छ सरकार प्रति कर दाता र देशका मालिक जनताको नकारत्मक धारणा छ तेतापट्टि चासो नदिनुले भ्रस्टाचार अनुसासन हिनता र जवादेहिहिनता चै रास्ट्रबादिता हो कि भनि प्रस्न उठाउने ठाउ मिलेको छ ।
 
५) युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र भएका (डी,भी र पिआर) कर्मचारी सम्बन्धि समस्या स्( पहिलो कुरा राजाको पालाको नियम निस्क्रिय बनाएकोले तथा  कानुनले बन्देज नगरेकोले युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र लिनु कानुन बिपरित हैन एकाध अपबाद बाहेक कोहि पनि दुवै तिर टिकिरहन सक्दैन कार्यालयमा बिदा नमिलाई बाहिर जान सक्दैन बिदा भनेको आफुले काम  गरेर पकाएको सुबिधा  हो बिदा अबधिमा कहा जाने के गर्ने भन्ने स्वोयम  कर्मचरीको नितान्त निजि कुरा हो  कार्यालयमा हाजिर नभएमा  बर्खास्त गर्ने कानुनी प्राभधान  छ कार्मचारी आफु आफैले बिदा स्वीकृत गरेर हिड्न सक्दैन कार्यालयमा पनि बिदा स्विस्कृति  बिना अनुपस्थित  हुन् सक्दैन भने दुवै तिर सुविधा  लियो भन्नु  लघु  बुझाईहो र बिदा लियर कसले खेति गरोस या खसी चराएर बसोस कसैको  टाउको नदुख्नु पर्ने हो।निजामतीमा जागिर खान पनि निश्चित प्रक्रिया र  परीक्षा हुन्छन प्रतिस्पर्धामा अब्बल हुनु पर्छ यस्ता कर्मचारीहरुले  आनो निजि प्रयासमा  बिकसित देशका   केहि राम्रा कुरा सिकेर आउछु अनि देशको सेवा गर्छु देशलाई घाटा हुने काम गर्दिन भन्यो भने निश्चित देस लाइ फाइदा नै हुन्थ्यो  किनकी यसमा देशलाइ आर्थिक भार पर्दैन  भने अनैतिक बाटो र प्रयास बाट प्राप्त हुने तालिम पाएकाहरुले भन्दा राम्रो काम पनि गर्थे। कानुनबाट बर्जित राजनीतिमा लाग्नेकर्मचारीसंग संगै बसेर आफनु पार्टिको  अधिबेसनमा  थपडी बजाउनु देशद्रोहीको  परकास्टा चाहि देश प्रेमी प्रगतिसिल अनि  कानुनले नरोकेको काम गर्दा देशद्रोही  भ्रस्ट र अनैतिक जस्ता आरिसे प्रचार र  भद्दा टिप्पणी नै त देशभक्ति नहुनु पर्ने हो।
 
प्रसासनकाका प्रमुख मुद्दामा आँखा चिम्लने आफना मत मिल्ने कर्मचारीको कानुन बिरोधि कार्यमा रास्ट्र भक्ति  देख्ने सक्षम र योग्यताका बैरीहरुको उक्साहटमा उधेलित भै गन्तीमा अन्तिम तिरको समस्यालाई सस्तो प्रचारबाजीमा ल्याउनु,राम्रो गरिने र देखिने लालसाले योग्य दक्ष र क्षमता हुनेलाई दबेट्नु भन्दा असल मान्छे लाई देशमानै बसेर सेवा गर्ने अवसरको खोजि गर्नु उपयुक्त हुन्थ्यो। भ्रस्टाचार र अनियमिततामा रमाउने मान्छे देशमा नै पैसा परिचालन गरेर मन्त्रि हुन्छ परिश्रम गरेर २।४ पैसा कमाइ गर्न भनि पर्दे्सिदैन भन्ने प्रमाण  हामी संगैछ।
 
युरोप र अमेरिकामा बस्ने स्थाई अनुमति पत्र भएका (डी,भी र पिआर) कर्मचारी सम्बन्धि प्राभदान साच्चिकै देश भक्ति पूर्णहो भने तत्कालिन राजा ज्ञानेन्द्र यो सम्मानका भागीदार हुन् उनको पालामा २०६०।२०६१ मा नै यस्तो व्यवस्था भएको थियो । लाल बाबु पण्डित जी हरुले राजाको  कामको परिमार्जन लाइ  आपनो भनेर प्रचार गर्नु   असोभनिय मात्र हैन अनैतिक पनि हो । नेताको झोला भक्ति र  भजन बाट हैन प्रतिपर्धा बाट छनोट भएर कर्मचारीले जागिर खाने हो चुनाव नजिते पनि पाइने मन्त्रि जस्तो पद हैन। अरीसले हैन क्षमताले काम गर्ने हो। असहमत विचार प्रति बदला र प्रतिशोधको भावना लिने तर आफना समर्थक कर्मचारी कार्यकर्तालाई भने जति पनि जथाभावी गर्न दिने प्रवृत्ति र खास  समस्यालाइ  मोडेर तथ्यहीन प्रचारबाजिले झोले बरालिएका र योग्यताका दुस्मन तथा गुलामी गरेर पद पाइञ्छ भन्ने लाइ प्रिय लाग्ला भ्रस्ट,राजनीतिमा निर्लिप्त  र अनैतिकलाइ राहत पुग्ला  कालान्तरमा देश लाइ गम्भीर घाटा हुने देखिन्छ।
 
अन्तमा २०-२२  वर्ष देखिको आफनो अमुल्य उमेर देशसेवामा खर्चियर पकाएको अबकास पछिको पेन्सन आफुलाई सहज लाग्ने ठाउमा बसेर उपभोग  गर्दा कसैको टाउको दुख्नु नपर्ने हो अरब  या उत्तर कोरिया जान हुन्छ  अमेरिका जानु देश द्रोह भन्ने कलुसित मानसिकता  त्याग्नु जरुरि छ  युरोप र अमेरिकामा बस्ने नेपालीलाइ अनर्गल आरोप लगाउनु लघु बुझाई पाखन्डी घोकन्ते सिदान्त भ्रमित मानसिकताको  उपज अन्तत देश र समाज बिरोधि हुन्छ।
 
हाल न्युयोर्क अमेरिका