मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीलाई गोली-गठ्ठा किन्न दुई अर्ब दिने निर्णय

प्रहरीलाई गोली-गठ्ठा किन्न दुई अर्ब दिने निर्णय


काठमाडौं । सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार खरिदका लागि उक्त रकम दिने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

दुवै प्रहरीले गोली, रबर बुलेट, राइट कन्ट्रोल भेहिकल, वाटर क्यानन, अश्रुग्यासलगायतका आधुनिक उपकरण र दंगा नियन्त्रणका लागि चाहिने हेलेमेट, लाठी लगायतका सामान किन्ने उल्लेख गरिएको छ ।